१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

जेनजी आन्दोलनमा सेनाको कमजोरी ठहर, कमान्डरलाई सचेत गराउन सिफारिस

Logo
मनाेज दशाैंदी प्रकाशित बुधबार, जेठ १३, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाबाट कमजोरी भएको ठहर गरेको छ।

जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार हननसम्बन्धी घटनाको अनुसन्धानपछि आयोगले बुधबार सार्वजनिक गरेको सिफारिस प्रतिवेदनमा उक्त निष्कर्ष उल्लेख गरिएको हो।

प्रतिवेदनमा भनिएको छ, “अनुसन्धानका क्रममा संकलित प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा भदौ २३ र २४ गतेको प्रदर्शनका बेला सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत स्थानमा तोडफोड, आगजनी तथा लुटपाटका घटनाहरू भएका छन्। देशभरि मानवीय, भौतिक तथा आर्थिक क्षति हुनुमा नेपाली सेनाको पनि कमजोरी देखिएको छ।”

आयोगले नेपाली सेनाले जनअपेक्षा अनुरूप राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानव अधिकार संरक्षणप्रति पर्याप्त संवेदनशीलता देखाउन नसकेको उल्लेख गरेको छ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन राष्ट्रिय सम्पत्तिको सुरक्षा र नागरिकको मानव अधिकार संरक्षणलाई प्राथमिकता दिन प्रधानसेनापतिलाई निर्देशन दिन सरकारलाई सिफारिस गरिएको छ।

त्यसैगरी, सिंहदरबारभित्र रहेको सेनाको गणका तत्कालीन प्रमुख तथा शीतल निवासस्थित सेनाका कमान्डरलाई सचेत गराउन राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ५ अनुसार नेपाल सरकारको ध्यानाकर्षण गराउन पनि आयोगले सुझाव दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]