१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

रास्वपा भित्र पद बाँडफाँटप्रति असन्तुष्टि, सांसदहरूको व्यापक गुनासो

Logo
Heronepal-Tv प्रकाशित आइतबार, बैशाख ०६, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटि (रास्वपा) भित्र पछिल्लो समय संसदीय जिम्मेवारी तथा पद बाँडफाँटप्रति केही सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यसपटक निर्वाचित एक सांसदले “सांसद बन्न सफल भएका कतिपयलाई जिम्मेवारीबाट छुटाइएको” भन्दै गुनासो गरेका छन्।

संसदीय समितिमा पनि उस्तै असन्तुष्टि
गत ३ वैशाख मा बसेको संसदीय दलको बैठकले संसदीय समितिका सभापतिहरूको नाम चयन गरेको थियो। उक्त बैठकमा पार्टी सभापति रबि लामिछाने ले ११ वटा समितिका सभापतिहरूको नाम पढेर सुनाएपछि बैठक सम्पन्न भएको सहभागी सांसदहरूले बताएका छन्।
एक सांसदका अनुसार बैठकमा दोहोरो संवादको अवसर नदिइएको गुनासो गरिएको छ।

उनले भने, “दलको बैठकमा सभापतिले भटाभट नाम पढेर सुनाउनु भयो। दलका नेता वा सदस्यहरूले धारणा राख्ने अवसर पाएनन्, बैठक सकियो।”
मुख्य सचेतक र सचेतक चयन प्रक्रियामा समेत विमति रहेको सांसदहरूको भनाइ छ। एक असन्तुष्ट सांसदले भने, “धेरैलाई निर्णय चित्त बुझेको छैन। पक्षपात भएको महसुस भएको छ। बिहानसम्म एउटा नाम थियो, तर बैठकमा अर्को नाम आयो।”

उपनेता चयनबारे बैठकमै जानकारी नदिएको गुनासो
सोही दिन रास्वपाले संसदीय दलको उपनेतामा Ganesh Parajuli लाई चयन गरेको थियो। तर उक्त निर्णयबारे संसदीय दलको बैठकमै जानकारी नदिइएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन्।
एक सांसदले भने, “घर पुगेपछि मात्रै दलको उपनेता चयन भएको खबर थाहा पायौँ। पार्टीको निर्णय बाहिरबाट थाहा पाउनुपर्ने अवस्था आयो, हामी नै आश्चर्यमा पर्‍यौँ।”

एउटै व्यक्तिलाई धेरै पद दिएको आरोप
एउटै व्यक्तिलाई धेरै पद दिइएको भन्दै केही नेताहरूले सामाजिक सञ्जालमार्फत समेत असन्तुष्टि व्यक्त गरेका छन्। नेता Pramod Nyaupane ले सामाजिक सञ्जालमा लेखेका छन्,
“कोहीलाई खातमाथि खातु, कोहीको चपरिमुनि बास।”

प्रवक्ता झाको प्रतिक्रिया: असन्तुष्टि नराख्न आग्रह
यता रास्वपाका प्रवक्ता Manish Jha ले भने पार्टीभित्र असन्तुष्टि नराखी संगठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरेका छन्।
उनले भने, “मन्त्रालय र समितिमा जानेभन्दा धेरै काम गर्न बाँकी छ। ऐन निर्माण गर्नुपर्छ, पार्टीलाई संस्थागत गर्नुपर्छ। सबै सिंहदरबार जाने हो भने बनस्थली कसले हेर्ने?”
उनले थपे, “पार्टी तेस्रो पटक सरकारमा गयो। तर म पार्टी निर्माणमै केन्द्रित छु। सभापतिलाई सघाउँदै पार्टी बलियो बनाउने काममा लागिरहेको छु। त्यसैले अनावश्यक असन्तुष्टि राख्नुपर्ने अवस्था छैन।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]