०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

आयोगको निष्कर्ष : पूर्वगृहमन्त्री गुरुङ अनुसन्धानको दायरामा

Logo
मनाेज दशाैंदी प्रकाशित बुधबार, जेठ १३, २०८३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न नसकेको ठहर गर्दै ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ।

शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै प्रशासनबाट अनुमति लिइएको भए पनि प्रदर्शन क्रमशः हिंसात्मक बन्दै जाँदा गुरुङलगायत आयोजकहरूले त्यसलाई नियन्त्रण गर्न नसकेको आयोगले जनाएको छ।

आयोगले भनेको छ, “आगामी दिनमा आफूले आयोजना गर्ने कार्यक्रमहरूमा घुसपैठ रोक्न तथा प्रदर्शनलाई हिंसात्मक हुन नदिन आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ। यस सम्बन्धमा पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल, खेमराज साउद तथा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरिएको छ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । मकालु एफसी जोहोर, मलेसियाको आयोजनामा हुने दोस्रो मकालु गोल्ड कप २०२६ फुटबल प्रतियोगिताको टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा विभिन्न क्लबका १६ टोली सहभागी हुने भएका छन्। प्रतियोगिताका टोलीलाई पोल ‘ए’ र पोल ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। पोल ‘ए’ मा मकालु एफसी, पुर्बेली एफसी, तामान यू एफसी, योङ थन्डर एफसी, […]

क्वालालम्पुर, मलेसिया | नेपाल आदिवासी जनजाति महासंघ, मलेसिया (NEFIN Malaysia) ले ३२औँ विश्व आदिवासी दिवस तथा १३औँ वार्षिकोत्सव–२०२६ भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम २०२६ अगस्ट ९ (आइतबार) दिउँसो १२:०० बजे क्वालालम्पुरस्थित होटल हिमालयनको सभाहल मा आयोजना हुने आयोजकले जनाएको छ। यस वर्षको विश्व आदिवासी दिवसको अन्तर्राष्ट्रिय नारा “आदिवासी र कृत्रिम बौद्धिकता (AI): अधिकारको रक्षा, […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]