२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

स्वास्थ्य

पूर्व मन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बन्दै

पूर्व मन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । काठमाडौंको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचारत आलमको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको दुवै मृगौलामा खराबी देखिएकाले डायलासिस भइरहेको उनका आफन्तले जानकारी दिएका छन ।

सस्तो, सजिलो र सुलभ फलफूलमध्ये पर्ने केरा स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ। विशेषज्ञहरूका अनुसार, उचित समयमा सेवन गरे यसको फाइदा धेरै गुणा बढ्छ। बिहान खाली पेटमा खाँदा तुरुन्त ऊर्जा मिल्ने, रक्तसञ्चार सुधार हुने र पाचन प्रणाली सक्रिय हुने गर्छ। व्यायाम वा योगा अघि खाँदा शरीरलाई आवश्यक कार्बोहाइड्रेट र प्राकृतिक चिनी प्राप्त भई मांसपेशी सशक्त रहने […]

काठमाडौं। राम्रो स्वास्थ्यको लागि, रातमा ८ घण्टा राम्रो निद्रा लिनुपर्छ। यदि रातमा बारम्बार निद्रामा बाधा पुग्छ भने, यसले स्वास्थ्यमा नराम्रो असर पार्छ। धेरै मानिसहरूले रातमा बारम्बार पिसाब फेर्नु पर्छ र यसका कारण उनीहरूको निद्रामा बाधा पुग्छ। रातमा बारम्बार पिसाब फेर्नु एक सामान्य समस्या हो, जसलाई चिकित्सा भाषामा नोक्टुरिया भनिन्छ। बारम्बार निद्रा अवरोधका कारण मानिसहरूलाई थकान, […]

क्वालालम्पुर, मलेसिया — मलेसियामा रोजगारीको सिलसिलामा पुगेका नेपाली नागरिक EK RAJ KHADKA हाल गम्भीर मानसिक तथा शारीरिक समस्याबाट पीडित भई संकटपूर्ण अवस्थामा पुगेका छन्। उहाँलाई तत्काल उपचार र नेपाल फिर्ता गराउन नेपाली दूतावास तथा सम्बन्धित निकायहरूलाई आपतकालीन सहयोगका लागि अपिल गरिएको छ। खड्का सन् २०२४ मे ८ मा ETIKA KAWALAN SDN BHD कम्पनीमा सुरक्षा गार्डको […]

मानिकचन साह बारा:=सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ औं बार्षिकोत्सवको अवसरमा आईतवार प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण गरिएको छ । ईन्स्योरेन्स कम्पनीको कलैया शाखाले बार्षिकोत्सवको अवसरमा प्रादेशिक अस्पताल कलैयाको प्रसुती वार्ड, जनरल वार्ड लगायत ईमरजेन्सी वार्डमा फलफूल वितरण गरेको हो । फलफुल बितरणमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल प्रसाद कुशवाहाको सहकार्यमा समाजिक उत्तरदायित्व अन्तर्गत […]

सुर्खेत। कालिकाेटको रासकाेट घर भइ हाल सुर्खेत बिरेन्द्रनगरको सुनार टोलमा भाडामा बस्ने प्रदिपे कामी लामो समय देखी प्रदेश अस्पताल उपचार गराउदै आएका छन । उनमा फोक्सो को दीर्घ रोग, मुटु सुनिने समस्या, एउटा मात्र मृगौला भएको र देब्रे खुट्टामा सन्चो नहुने घाउ भएको भएको छ । उनको जेठा छोरा सानै उमेर देखि बेपत्ता र अर्को […]

एजेन्सी | हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् । हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ । यसमा ध्यान […]

नेपालगन्ज ४ स्थित कन्या माविमा अध्ययनरत मुस्लिम र मधेश समुदायका १४० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले दिनुभएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लामा आएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एक हजार २१५ डोजमध्ये बाँकी रहेको १४० […]

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनी पछिल्लो केही दिनदेखि अस्पताल धाइरहेका थिए। उनले २९ जुलाईमा आफ्नो आँखाको सर्जरी गराएका पनि थिए। तर सर्जरी सफल भने भएन। अब उनी आफ्नो आँखाको सर्जरी गर्न अमेरिका जाने तयारीमा रहेकाे स्राेतले जनाएकाे छ। शाहरूखको दुइ्टै आँखामा मोतियाबिन्दु छ। तर अहिलेसम्म यस विषयमा उनी वा उनको टिमबाट भने कुनै औपचारिक […]

स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत (आइताबार) आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ। बोर्डले कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले उपचार खर्चको २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए। ‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि हामीले […]