०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

फोक्सो को दीर्घ रोग, मुटुकाे समस्या, एउटा मात्र मृगौला र देब्रे खुट्टामा घाउ भएका प्रदिपे कामिकाे सहयाेगका लागि अपिल

Logo
जनक दशौंदी प्रकाशित मंगलबार, भाद्र २५, २०८१

सुर्खेत। कालिकाेटको रासकाेट घर भइ हाल सुर्खेत बिरेन्द्रनगरको सुनार टोलमा भाडामा बस्ने प्रदिपे कामी लामो समय देखी प्रदेश अस्पताल उपचार गराउदै आएका छन ।

उनमा फोक्सो को दीर्घ रोग, मुटु सुनिने समस्या, एउटा मात्र मृगौला भएको र देब्रे खुट्टामा सन्चो नहुने घाउ भएको भएको छ ।

उनको जेठा छोरा सानै उमेर देखि बेपत्ता र अर्को छोरा गाउँमैछन । उनको उपचार क्रममा गाँउमा भएको सिरि सम्पत्ति सकिसकेकाे छ । उनको श्रीमती अहिले मागेर उनको उपचार गरिरहेकि छिन ।

उनकाे उपचारका क्रममा हाल सम्म करिब २० लाख भन्दा बढी खर्च लागिसकाे छ । अन्तत मृत्यु संग लडि रहेका प्रदिपे कामी,सहयाेगि मनहरुलाई गुहारिदिन हामी समक्ष आई पुगेका छन ।

उनी भन्छन म मृत्यु संग लडि रहेकाे छु सबै मिलेर बचाई दिनुहाेस , म बाँच्न चाहन्छु ।

यदिहजुरहरु कसैले उहाँलाई सहयाेग गर्ने चाहाना राख्नु भएकाे खण्डमा उहाँकाे फाेन नम्बर : ९८४८३०१६०७
नाम : प्रदिपे कामी
बैङ्क खाता नम्बर : ५१६०१००००२९०४०१०
बैङ्क : राष्ट्रिय बिणिज्य बैँक (जुम्ला राेड सुर्खेत )

अर्थात हिराे नेपाल टिभिकाे कार्यालयमा सम्पर्क गरेपनि सहयाेग गर्न सक्नु हुन्छ ।
हाम्राे फाेन : ९८४८३९९५०५

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]