१८ भाद्र २०८३, बिहिबार
03-09-2026 , Thu
×

मलेसियामा कार्यरत दैलेखका एक युवा गम्भीर अवस्थामा, तत्काल उद्धार गरिदिन परिवारकाे माग

Logo
Manoj Dashaundi प्रकाशित बुधबार, साउन २२, २०८२

क्वालालम्पुर, मलेसिया — मलेसियामा रोजगारीको सिलसिलामा पुगेका नेपाली नागरिक EK RAJ KHADKA हाल गम्भीर मानसिक तथा शारीरिक समस्याबाट पीडित भई संकटपूर्ण अवस्थामा पुगेका छन्। उहाँलाई तत्काल उपचार र नेपाल फिर्ता गराउन नेपाली दूतावास तथा सम्बन्धित निकायहरूलाई आपतकालीन सहयोगका लागि अपिल गरिएको छ।

खड्का सन् २०२४ मे ८ मा ETIKA KAWALAN SDN BHD कम्पनीमा सुरक्षा गार्डको रूपमा मलेसिया पुगेका थिए। हाल उहाँको मानसिक सन्तुलन गुमेको छ भने शरीर सुनिनेजस्ता गम्भीर स्वास्थ्य समस्या देखिएको जानकारी प्राप्त भएको छ। उहाँ आफैंले आफैंको हेरचाह गर्न नसक्ने अवस्थामा हुनुहुन्छ।

उक्त विषम परिस्थितिमा उहाँको सहकर्मी सुबास शर्मा मार्फत दूतावासमा तत्काल निम्न सहयोगका लागि अनुरोध गरिएको छ ।

🔹 रोजगारदाता र स्थानीय निकायसँग समन्वय गरी तुरुन्त चिकित्सकीय सहायता उपलब्ध गराउने
🔹 अस्पतालमा भर्ना गरी आवश्यक उपचार गराउने
🔹 नेपाल फिर्तीको प्रक्रिया तत्काल अघि बढाउने

पीडितको विवरण:

नाम: EK RAJ KHADKA

राहदानी नं.: PA2363107

कम्पनी: ETIKA KAWALAN SDN BHD

हालको ठेगाना (मलेसिया):
K-138, Tingkat 1, Jalan Sepat 5, Rumah Kedal Taman Wira Mergong, Kota Setar, 05150 Alor Setar, Kedah, Malaysia

मलेसिया पुगेको मिति: ८ मे २०२४

हाल साथमा रहेका व्यक्ति:

नाम: सुबास शर्मा

राहदानी नं.: 12352850

फोन नं. (मलेसिया): +60 10-209 2034

सम्बन्ध: साथी / सहकर्मी

म्यानपावर कम्पनी (नेपाल) विवरण:

नाम: Elite Gurkhas Overseas (P) Ltd.

लाइसेन्स नं.: 535/061/062

सम्पर्क नं.: 01-4975567 / 01-4975568

इमेल: [email protected]

स्थान: गोंगबु टाउन प्लानिङ–२६, काठमाडौं, नेपाल

वेबसाइट: www.elitegurkhas.com

यस घटनाले मलेसियाजस्ता श्रम गन्तव्य मुलुकमा कार्यरत नेपालीहरूकाे अवस्थाप्रति गम्भीर चिन्ता जगाएको छ। पीडितको जीवन र स्वास्थ्य संकटपूर्ण अवस्थामा रहेकोले सम्बन्धित सबै निकाय तथा नेपाली समुदायले तत्काल पहल गर्न जरुरी देखिन्छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]