०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सन नेपाल लाइफ इन्स्योरेन्सको बार्षिकोत्सवमा बिरामीहरुलाई फलफूल वितरण

Logo
कृष्ण गुप्ता प्रकाशित सोमबार, आश्विन ०७, २०८१

मानिकचन साह
बारा:=सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ औं बार्षिकोत्सवको अवसरमा आईतवार प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण गरिएको छ ।

ईन्स्योरेन्स कम्पनीको कलैया शाखाले बार्षिकोत्सवको अवसरमा प्रादेशिक अस्पताल कलैयाको प्रसुती वार्ड, जनरल वार्ड लगायत ईमरजेन्सी वार्डमा फलफूल वितरण गरेको हो ।

फलफुल बितरणमा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल प्रसाद कुशवाहाको सहकार्यमा समाजिक उत्तरदायित्व अन्तर्गत बार्षिकोत्सवको अवसरमा अस्पतालमा बिरामीलाई फलफूल वितरण गरिएको इन्स्योरेन्स कम्पनीका कलैया शाखाका मार्केटिङ्ग मैनेजर उपेन्द्र प्रसाद साहले जानकारी दिए ।

कम्पनीका कलैया शाखाका शाखा प्रमुख नबिल पटेलको अध्यक्षतामा भएको फलफूल वितरण कार्यक्रममा वरिष्ट एजेन्सी मैनेजर देवनारायण प्रसाद, मार्केटिङ्ग रोहित क्षेत्री, अभिकर्ता जितेन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]