०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

केरा खाँनुहुन्छ ? सही समयमा केरा खाँदा फाइदा अनेकौँ हुन्छनि

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, भाद्र १९, २०८२

सस्तो, सजिलो र सुलभ फलफूलमध्ये पर्ने केरा स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ। विशेषज्ञहरूका अनुसार, उचित समयमा सेवन गरे यसको फाइदा धेरै गुणा बढ्छ।

बिहान खाली पेटमा खाँदा तुरुन्त ऊर्जा मिल्ने, रक्तसञ्चार सुधार हुने र पाचन प्रणाली सक्रिय हुने गर्छ। व्यायाम वा योगा अघि खाँदा शरीरलाई आवश्यक कार्बोहाइड्रेट र प्राकृतिक चिनी प्राप्त भई मांसपेशी सशक्त रहने र दुखाइ कम हुने हुन्छ।

दिउँसो भोजनपछि खाँदा पाचनमा सुधार हुने र विषाक्त पदार्थ हटाउन सहयोग गर्ने उल्लेख गरिएको छ। साँझ हल्का भोक लाग्दा जंकफुडको सट्टा केरा सेवन गर्दा एसिडिटी कम हुने, पेटको जलन घट्ने र मिठाइप्रतिको लोभ पनि कम हुने बताइन्छ।

त्यस्तै, पोटासियमका कारण रक्तचाप नियन्त्रणमा रहने भएकाले मुटु स्वस्थ रहन्छ भने फाइबरले तौल घटाउन मद्दत गर्छ। भिटामिन सी र बी–६ छाला तथा कपालका लागि लाभदायक हुन्छन्। ट्रिप्टोफान नामक तत्वले सेरोटोनिन उत्पादन गरी मुड सुधार गर्ने गर्दछ।

विशेषज्ञहरू भन्छन्, “नियमित तर सन्तुलित मात्रामा सेवन गर्न सके केरा शरीरका लागि ऊर्जाको पावरहाउस बन्न सक्छ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]