०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

नेपालगन्जका १४० किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, साउन १५, २०८१

नेपालगन्ज ४ स्थित कन्या माविमा अध्ययनरत मुस्लिम र मधेश समुदायका १४० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले दिनुभएको जानकारी अनुसार गत आर्थिक वर्ष २०८०/०८१ का लागि जिल्लामा आएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एक हजार २१५ डोजमध्ये बाँकी रहेको १४० डोजलाई नेपालगन्जको कन्या माविका बालिकालाई लगाइएको बताउनुभयो । उहाँले विद्यालयमै पुगेर कन्या माविमा अध्ययनरत १० देखि १४ वर्ष उमेरका १४० जना किशोरीलाई खोप लगाइएको बताउनुभयो ।

नेपालगन्ज ४ स्थित कन्या माविमा अधिकांश मुस्लिम र मधेशी समुदायका बालिकाहरू मात्र पढ्ने भएकोले सो विद्यालयलाई छनोट गरेर त्यहाँ खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । चालु आर्थिक वर्षमा पनि पाठेघरको मुखको क्यान्सर विरुद्धको थप खोप माग गरिएको जनाउँदै स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठले चालु आर्थिक वर्षको दोस्रो वा तेस्रो चौमासिकमा खोप लगाइने बताउनुभयो ।

गत वर्ष नेपालगन्जमा करिब एक हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो र दोस्रो डोज लगाइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार एचपिभी खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनु पर्दछ । यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ ।

नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाखमा नयाँ बिरामी पत्ता लाग्ने दर १६.४ प्रतिशत छ । पाठेघरको मुखको क्यान्सर मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्दछ । यसको सङ्क्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]