०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०२, २०८१

स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत (आइताबार) आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ।

बोर्डले कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले उपचार खर्चको २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए।
‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ ’, ‘उनले भने, जसले गर्दा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण नगराउने र बिरामी भएको बीमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित हुनेछन्।’

स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर बोर्डमा आबद्ध बीमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था लागू गरेको हो। बोर्डले यसअघि माघ १ गतेदेखि सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो।

उनले सरकारी अस्पतालको सक्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बताए।

कार्यकारी निर्देशक डा‍‍. बसौलाका अनुसार सहभुक्तानी १५ शय्यासम्मका आधारभूत अस्पतालमा भने लागू हुँदैन। सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, सबै निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा भने सहभुक्तानी प्रणााली लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ।

बीमा कार्यक्रममा कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ र कूल बीमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ र नवीकरण गर्ने बीमित ४८ लाख आठ हजार सात सय ६० जना रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]