डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ। गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए। उपचारको क्रममा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज […]
सुर्खेत । दैलेखको आठबीस नगरपालिका-५, पिपलकोटकी २१ वर्षीया भीमा गुरुङ बलामी उपचारका लागि सुर्खेत आइन् । ८ महिने छाेरी साथमा लिएर उनी दैलेख पिपलकाेटबाट उपचारका लागि सुर्खेत आएकी थिइन् । उनी सुर्खेत आएको दुई दिनपछि उनका श्रीमान नेपाली सेनामा कार्यरत २३ वर्षीया नवराज बलामी सुर्खेत पुगेका थिए । गत २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित राना क्लिनिक […]
नेपाली कांग्रेस सल्यानका सभापति केश बहादुर विष्टमाथी पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख हरि बहादुर वलीले बेयरकाे बाेतल प्रहार गरी घाइते बनाएका छन् । चैत २९ गते सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका स्थित बालुवासंग्रहीमा विष्टमाथी वलीले बेयरकाे बाेतलले प्रहार गरी घाइते बनाएका हुन् । बेयरकाे बाेतल प्रहारपछि विष्टकाे टाउकाेमा चाेट लागेकाे छ भने उनकाे यतिबेला काठमाडाैंमा उपचार […]
मलेसिया :- बिगत लामो समय देखि मलेसियामा रोजगार बिहिन भइ सडकमा अलपत्र परेका गुल्मी जिल्ला मुसिकोट -९ का कृष्ण बहादुर बि क लाई पि एन सी सी मलेसियाले उद्वार गरि घर फिर्ता गराई दिएको छ। २०१४ मा मलेसिया आई पुगेका बि क बिगत ६ बर्ष देखि अबैधानी रहदै आएको थिए। अबैधानिक रुपमा काम गर्दै गर्दा […]
अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएकाे छ। भने, ७ जना घाइते भएका छन्। अर्घाखाँची हुँदै कास्की जाँदै गरेकाे ग३च ४५७४ नम्बरकाे कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ काेलडाँडामा दुर्घटना भएकाे थियाे। दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका- ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीकाे मृत्यु भएकाे छ। घाइते हुनेमा भूमिकास्थान- ८ का चालक […]
सुर्खेत : दशाैँदी समाज नेपाल केन्द्रीय समितिले २२ सदस्य संख्या रहने गरि हाललाई २० जनाकाे किन्द्रीय सल्लाहकार समिति घाेषणा गरेकाे छ। गत चैत्र १८ गते केन्द्रीय संस्थापन समितिकाे अनलाइन भर्चुवल माध्यमबाट बसेकाे पुर्ण बैठकले केन्द्रीय समितिमा केन्द्रीय सल्लाहकारका लागि प्रस्ताव भएका २० जना सदस्यलाई अनुमाेदन गरेकाे हाे। गत चैत्र १० गते संस्थापन केन्द्रीय समितिकाे बैठकले […]
काठमाडाैं ः सरकारले विद्युत् चुरोट (ई–सिगरेट) निषेध गर्ने तयारी गरेको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य पत्रकार मञ्च नेपालले आज संयुक्त रुपमा गरेको सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा कानुनमा नै ई–सिगरेटलाई बन्देज गरिएकाले निषेध गर्ने तयारी गरिएको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा […]
मलेसिया : प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक विभिन्न ऐतिहासिक निर्णय गर्दै मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकको प्रारम्भिक चरणमा छलफल गर्दै घोषण गरेको पीडित श्रमिक कल्याणकारी कोष बारे घोषणा गरेका सबै रकम संकलन गर्ने जिम्मेवारी अध्यक्ष दयाराम कुमाल र सचिव कृष्ण खड्कालाई दिने निर्णय गरेको छ । त्यसै गरि […]
मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ। मुक्तिनाथ मन्दिर दर्शन गर्न हिँडेकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुना विनको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सात जनाको टोलीमा मुक्तिनाथ जान हिँडेकी विनलाई थासाङ गाउँपालिका-१ टुकुचे पुग्दा अक्सिजनको कमी भएपछि जोमसोम अस्पताल लगिएको […]
दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। चट्याङ लागेर भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीय बालिका शर्मिला कँडेलको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार चट्याङ परी घाइते भएकी शर्मिलाको दुल्लु अस्पतालमा उपचार लागि पठाएको थियो। त्यहाँ उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको अवस्था बाटोमै मृत्यु भएको […]