२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले गरे आत्माहत्या

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, जेठ ०१, २०८१

सुर्खेत । सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले आत्माहत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरि श्रीमान पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकाे प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान करिब ४ बजेको समयमा सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्हत्या गरेका हुन । घटनाको अनुसन्धानका लागि डिएसपी कार्कीको नेतृत्वमा प्रहरी टोलि खटिएकाे छ । राना दम्पतीका १३ दिनको नवजात शिशु छोरी सहित ४ छोराछोरी रहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो ।

अस्ति आइतबार मात्रै बनगाड कुपिण्डे नगरपालिका ४ देउली मा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरि श्रीमान पनि झुन्डिएर आत्माहत्या गरेका थिए । उनीहरुको पनि डेढ बर्षको छोरी सहित ३ छोराछोरी रहेका छन । अभिभावक गुमाएपछी उनीहरुको पालनपोषणमा समस्या भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]