२७ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

कानु युवा समाज नेपालको कृयाशिल युवाहरुको बैठक सप्पन्न

Logo
कृष्ण गुप्ता प्रकाशित शनिबार, आषाढ १६, २०८१

पर्सा :=आज वीरगन्जको गेटवय होटलमा कानु युवा समाज नेपालको कृयाशिल युवाहरुको बैठक सम्पन्न भएको छ । बैठकमा कानु समाजबाट प्रतिनिधित्व गर्ने युवाहरुले छलफल गरेका थिए ।

कानु समाज नेपाल पर्साको जिल्ला सचिव श्रवण साहको अध्यक्षतामा बसेको बैठकले हरेक वडा स्तरमा कानु युवा समाजको समितिको गठन गर्ने तथा कानु समाजमा रहेका युवाहरु लाई समितीमा सक्रिय गराउने छलफल भएको छ।

त्यस्तै अहिले रगत सम्बन्धि अभाव देखिएकोले कानु युवा समाजले ब्लड डोनेशन कार्यक्रमको आयोजना गर्ने तथा आउदो वर्ष देखि एसईईमा उत्कृष्ट अंक ल्याउने कानु समाजका छात्रछात्रालाई सम्मान गर्ने निर्णय पनि भएको छ।

त्यस्तै आज असार १५गते धान दिवसको अवसर पारेर चिवरा दहि खाएर शुभकामना आदानप्रदान गरिएको थियो।आज भएको छलफल बैठकमा बिरगंजका मुन्ना साह,राजेश साह,प्रणय साह,विबेक साह,ओम प्रकाश गुप्ता,अखिलेश साह,राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]