२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दैलेखका ६ जना किसान जिल्ला स्तर मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आषाढ २३, २०८१

सुर्खेत । दैलेखका ६ जना किसानहरू जिल्ला स्तर मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन्। कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट ३/३ गरि ६ जना किसान पुरस्कृत भएका हुन्।

शनिबार एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उत्कृष्ट कृषकलाई नगद रकमसहित प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट उत्कृष्ट हुने तीन किसानमा नारायण नगरपालिका-१ का दिपा शाही, भगवतीमाई गाउँपालिका-२ का बिमल वि.क र ठाँटीकाँध गाउँपालिका-१ का कलमबहादुर शाही पुरस्कृत भएका छन्।

उनिहरूले क्रमशः २० हजार, ३० हजार र ४० हजार नगद रकमसहित प्रमाणपत्र ग्रहण गरेका छन्।

यस्तै, कृषि विकास कार्यालय दैलेखले पनि जिल्ला स्तर मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार अन्तरगत तीन जना कृषकलाई पुरस्कृत गरेको छ। पुरस्कृत हुनेमा भगवतीमाई गाउँपालिकाकी ध्रुवकुमारी बिसी, नारायण नगरपालिका-२ का रेशमबहादुर थापा र डुङ्गेश्वर गाउँपालिका-६ का देवेन्द्र गोदार रहेका छन्।
उनिहरूलाई क्रमशः २० हजार, ३० हजार र ४० हजार नगद रकमसहित प्रमाणपत्र प्रदान गरिएको छ।

यस्तै, कृषि विकास कार्यालय दैलेखका अन्य ५५ जना कृषकलाई पनि सम्मान गरेको छ। जिल्ला कृषि विकासले आर्थिक वर्ष २०८०/०८१ मा कृषि विकास कार्यालयबाट सञ्चालित विभिन्न योजनाहरूमा उत्कृष्ट काम गरेका किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तरगत सम्मान गरेको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले थोरै जना किसनाहरूले चाहेको खण्डमा पनि कृषि उत्पादनम वृद्धि गर्न सकिने बताए। मन्त्री शाहले भने, ‘जनताको स्तरवृद्विका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको छ। किसानले धेरै उत्पादन गरेको खण्डमा तरकारी खरिद गर्ने व्यक्ति आफै किसानको बारीमा आउछन्। अब तरकारी बिक्रीवितरण गर्नका लागि बजार खोज्नुपर्ने अवस्था छैन्।’

यस्तै, मन्त्री शाहले किसानले खेति गर्दा देखिएका समस्याहरूको समाधानका लागि सरकार सकरात्मक रहेको र किसानले उत्पादन गरेका तरकारी वस्तुहरू बाहिर पठाउन सकेको खण्डमा किसान सँगै सिंगो दैलेख नै आर्थिक स्तरमा माथि उठ्ने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]