०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

दैलेखका ६ जना किसान जिल्ला स्तर मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत

Logo
HeroNepal-tv प्रकाशित शनिबार, आषाढ २३, २०८१

सुर्खेत । दैलेखका ६ जना किसानहरू जिल्ला स्तर मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन्। कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट ३/३ गरि ६ जना किसान पुरस्कृत भएका हुन्।

शनिबार एक कार्यक्रमबीच कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उत्कृष्ट कृषकलाई नगद रकमसहित प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट उत्कृष्ट हुने तीन किसानमा नारायण नगरपालिका-१ का दिपा शाही, भगवतीमाई गाउँपालिका-२ का बिमल वि.क र ठाँटीकाँध गाउँपालिका-१ का कलमबहादुर शाही पुरस्कृत भएका छन्।

उनिहरूले क्रमशः २० हजार, ३० हजार र ४० हजार नगद रकमसहित प्रमाणपत्र ग्रहण गरेका छन्।

यस्तै, कृषि विकास कार्यालय दैलेखले पनि जिल्ला स्तर मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार अन्तरगत तीन जना कृषकलाई पुरस्कृत गरेको छ। पुरस्कृत हुनेमा भगवतीमाई गाउँपालिकाकी ध्रुवकुमारी बिसी, नारायण नगरपालिका-२ का रेशमबहादुर थापा र डुङ्गेश्वर गाउँपालिका-६ का देवेन्द्र गोदार रहेका छन्।
उनिहरूलाई क्रमशः २० हजार, ३० हजार र ४० हजार नगद रकमसहित प्रमाणपत्र प्रदान गरिएको छ।

यस्तै, कृषि विकास कार्यालय दैलेखका अन्य ५५ जना कृषकलाई पनि सम्मान गरेको छ। जिल्ला कृषि विकासले आर्थिक वर्ष २०८०/०८१ मा कृषि विकास कार्यालयबाट सञ्चालित विभिन्न योजनाहरूमा उत्कृष्ट काम गरेका किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तरगत सम्मान गरेको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले थोरै जना किसनाहरूले चाहेको खण्डमा पनि कृषि उत्पादनम वृद्धि गर्न सकिने बताए। मन्त्री शाहले भने, ‘जनताको स्तरवृद्विका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको छ। किसानले धेरै उत्पादन गरेको खण्डमा तरकारी खरिद गर्ने व्यक्ति आफै किसानको बारीमा आउछन्। अब तरकारी बिक्रीवितरण गर्नका लागि बजार खोज्नुपर्ने अवस्था छैन्।’

यस्तै, मन्त्री शाहले किसानले खेति गर्दा देखिएका समस्याहरूको समाधानका लागि सरकार सकरात्मक रहेको र किसानले उत्पादन गरेका तरकारी वस्तुहरू बाहिर पठाउन सकेको खण्डमा किसान सँगै सिंगो दैलेख नै आर्थिक स्तरमा माथि उठ्ने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]