०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

गायिका मधुले श्रीमान‍्ले दिएको पिडा पोखिन् सामाजिक ञ्जालमा

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आषाढ ०५, २०८१

हिलो बिहेलाई टुंग्याएर खड्कासँग दोस्रो विवाह गर्दै अस्ट्रेलिया पुगेकी उनले आफू घरेलु हिंसामा परेको बताएकी छन् । उनले आफ्नो पेटमा सुरेशको सन्तान रहेको उल्लेख गरेकी छन् ।

‘म उसको दाइ भाउजूसँग किन बोल्नु ? उनीहरुले मलाई तथानाम भनिसके । उसको भाइको बच्चा मैले पेटमा बोकिरहेको छु, तर दुनियाँसँग सम्बन्ध भएकी केटी हो भन्छन्’, उनले भनिन्, ‘मलाई श्रीमान्ले बच्चा फाले फाल, मारे मार, जे सुकै गर, त आफ्नो बाटोमा हिँड, म आफ्नो बाटोमा हिँड्छु भनेका छन् । उसलाई अहिले पनि घरायसी हिंसाको मुद्दा छ ।’ उनले सुरेशले अस्ट्रेलिया आएको चार महिनामा नै बिचल्ली बनाएर छाडेको समेत बताएकी छन् ।

सुरेशले कहिले पनि इज्जत दिएर आफूलाई नराखेको आरोप समेत लगाएकी उनले सुरेश सुध्रन्छन् भनेर आफूले उनका गलत कुराहरूलाई अहिलेसम्म बाहिर नल्याएको बताएकी छन् ।

मधुले पहिलो पतिसँग सम्बन्ध विच्छेद गरेर सुरेशसँग विवाह गरेकी थिइन् । मधु नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]