२६ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन

Logo
HeroNepal-tv प्रकाशित बुधबार, बैशाख २६, २०८१

आज मातातीर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा वैशाख कृष्ण औंशीलाई मातातीर्थ औंशीका रुपमा मनाउने गरिन्छ । आफ्नी आमालाई तिर्थ बराबर मानेर उपहार, मिठो खानेकुरा, नयाँ कपडा आदि दिने र आशिर्वाद लिने गरिन्छ ।

आमाप्रति सम्मान प्रकट गर्ने मानिसहरु आमा भए ठाउँ पुग्ने गर्छन । आमाले पनि छोराछोरीलाई दीर्घायु, सुस्वास्थ्यको आशिर्वाद दिने चलन छ । आमा नभएकाहरुले राजधानीदेखि १० किलोमिटर दक्षिण–पश्चिममा रहेको मातातीर्थ कुण्डमा स्नान गरी आमाको सम्झनामा दान गर्ने परम्परा छ ।

मातातीर्थ कुण्डमा स्नान गरी आमाको नाममा तर्पण, पिण्डदान एवं श्राद्ध गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । कुण्डमा दिवङ्गत आमाको मुखसमेत देखिने विश्वास समेत भक्तजनमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ मङ्सिर २५ गते बिहिबार इ.सं. : 11th December 2025 (Thursday) सूर्योदय: बिहान ६:४६ बजे सूर्यास्त: बेलुका १७:०८ बजे तिथि : सप्तमी १८:५५ सम्म, तत्पश्चात् अष्टमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : मघा ०८:२० सम्म, तत्पश्चात् पूर्वफाल्गुनी योग : विष्कम्भ १७:२२ सम्म, तत्पश्चात् प्रीति करण : विष्टि ०७:०२ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर २४ गते बुधबार इ.सं. : 10th December 2025 (Wednesday) सूर्योदय: बिहान ६:४५ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : षष्ठी १९:१७ सम्म, तत्पश्चात् सप्तमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : अश्लेषा ०८:१९ सम्म, तत्पश्चात् मघा योग : वैधृति १८:५३ सम्म, तत्पश्चात् विष्कम्भ करण : गर ०७:३८ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर २२ गते सोमबार इ.सं. : 8th December 2025 (Monday) सूर्योदय: बिहान ६:४४ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : चतुर्थी २१:२३ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : पुनर्वसु ०९:३२ सम्म, तत्पश्चात् तिष्य योग : ब्रह्म २३:०० सम्म, तत्पश्चात् ऐन्द्र करण : बव १०:०९ सम्म, तत्पश्चात् […]