०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाजिक संजालमा चरित्र हात्या गर्ने चौरसियालाई प्रकाउ गर्ने अदालतको आदेश।

Logo
हिरोनेपाल प्रकाशित बुधबार, जेठ ०९, २०८१

वीरगंज :=सम्मानित जिल्ला अदालत पर्साले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने रन्जित चौरसियालाई पक्राउ गर्न आदेश दिएको छ । पत्रकार हरिशंकर शर्मा सहितका ५ जनाले दिएको जाहेरीको आधारमा पर्सा जिल्ला अदालतले चौरसियालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई आदेश दिएको हो । वीरगंज टाइम्सका संचालक समेत रहेका पत्रकार शर्मा सहित पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, शिक्षाकर्मी अजित चौरसिया, रन्जित पंडित एवं कुश दैनिक डटकमका संचालक अरुण कुशवाहाले संयुक्त रुपमा साइबर अपराध अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए ।

पर्सा जिल्ला अदालतले मंगलबार साँझ चौरसियालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अदालतले चौरसियालाई पक्राउ गर्न आदेश दिएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुँगेलले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए । चौरसियाले पत्रकारिताको आवरणमा बेला बखत विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्दै आएका छन् । पत्रकारका खोल ओढेर आफ्नो स्वार्थ पुरा गर्न पल्केका चौरसियाले शिक्षाकर्मी, व्यवसायी, पत्रकार एवं प्रहरीलाई आर्थिक लाभ नपाएपछि धम्काउने, थर्काउने गरेका छन् ।

जुनसुकै क्षेत्रमा आबद्ध व्यक्तिहरुबाट आर्थिक लाभ पुरा नभएपछि विभिन्न अनलाइनमा आधारहीन, भ्रामक समाचारहरु प्रकाशन गर्ने र त्यतिले पनि स्वार्थ पुरा नभएपछि सामाजिक सञ्जाल फेसबुकमा अनाब, सनाब लेखेर चरित्र हत्या गर्ने गरेका छन् । सोही क्रममा विगत एक महिनादेखि पोखरिया नगरपालिकाबाट आर्थिक लाभ पुरा नभएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, शिक्षाकर्मी अजित चौरसिया, अरुण कुशवाहाको चरित्र हत्या गरेका थिए ।

उनीबाट आजित भई प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जिल्ला अदालत पर्सामा गाली बेइज्जतीको मुद्दा हालेपछि त्यही समाचार लेखेकै आधारमा वीरगंज टाइम्सका संचालक पत्रकार हरिशंकर शर्माको चरित्र हत्या गरेका थिए । त्यसकै विरुद्ध पाँचै जनाले जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा साइबर अपराध सम्बन्धी जाहेरी दिएपछि जिल्ला अदालत पर्साले चौरसिया विरुद्ध पक्राउ आदेश जारी गरेको हो । उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विरुद्ध मुद्दा चलाइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]