२६ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

समाजिक संजालमा चरित्र हात्या गर्ने चौरसियालाई प्रकाउ गर्ने अदालतको आदेश।

Logo
हिरोनेपाल प्रकाशित बुधबार, जेठ ०९, २०८१

वीरगंज :=सम्मानित जिल्ला अदालत पर्साले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने रन्जित चौरसियालाई पक्राउ गर्न आदेश दिएको छ । पत्रकार हरिशंकर शर्मा सहितका ५ जनाले दिएको जाहेरीको आधारमा पर्सा जिल्ला अदालतले चौरसियालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई आदेश दिएको हो । वीरगंज टाइम्सका संचालक समेत रहेका पत्रकार शर्मा सहित पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, शिक्षाकर्मी अजित चौरसिया, रन्जित पंडित एवं कुश दैनिक डटकमका संचालक अरुण कुशवाहाले संयुक्त रुपमा साइबर अपराध अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए ।

पर्सा जिल्ला अदालतले मंगलबार साँझ चौरसियालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अदालतले चौरसियालाई पक्राउ गर्न आदेश दिएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुँगेलले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए । चौरसियाले पत्रकारिताको आवरणमा बेला बखत विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्दै आएका छन् । पत्रकारका खोल ओढेर आफ्नो स्वार्थ पुरा गर्न पल्केका चौरसियाले शिक्षाकर्मी, व्यवसायी, पत्रकार एवं प्रहरीलाई आर्थिक लाभ नपाएपछि धम्काउने, थर्काउने गरेका छन् ।

जुनसुकै क्षेत्रमा आबद्ध व्यक्तिहरुबाट आर्थिक लाभ पुरा नभएपछि विभिन्न अनलाइनमा आधारहीन, भ्रामक समाचारहरु प्रकाशन गर्ने र त्यतिले पनि स्वार्थ पुरा नभएपछि सामाजिक सञ्जाल फेसबुकमा अनाब, सनाब लेखेर चरित्र हत्या गर्ने गरेका छन् । सोही क्रममा विगत एक महिनादेखि पोखरिया नगरपालिकाबाट आर्थिक लाभ पुरा नभएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, शिक्षाकर्मी अजित चौरसिया, अरुण कुशवाहाको चरित्र हत्या गरेका थिए ।

उनीबाट आजित भई प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जिल्ला अदालत पर्सामा गाली बेइज्जतीको मुद्दा हालेपछि त्यही समाचार लेखेकै आधारमा वीरगंज टाइम्सका संचालक पत्रकार हरिशंकर शर्माको चरित्र हत्या गरेका थिए । त्यसकै विरुद्ध पाँचै जनाले जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा साइबर अपराध सम्बन्धी जाहेरी दिएपछि जिल्ला अदालत पर्साले चौरसिया विरुद्ध पक्राउ आदेश जारी गरेको हो । उनी विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विरुद्ध मुद्दा चलाइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 मलेसिया – मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका एक नेपाली सुरक्षागार्डलाई विरालामाथि क्रुर र अशोभनीय व्यवहार गरेको आरोपमा सेशन्स अदालतले आरएम ४० हजार जरिवाना तिर्न आदेश दिएको छ। जरिवाना तिर्न नसकेमा उनलाई १५ महिनासम्म जेल सजाय हुने निर्णय गरिएको छ। ३३ वर्षीय अर्मान शाहले बुधबार अदालतमा उपस्थित भई आफू दोषी ठहरेको स्वीकार गरेपछि न्यायाधीश नोर […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]