२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

कर्णालीमा हिंसा र दुर्व्यवहार जस्ता घटनाहरुको कमी छैन :एस.एस.पि ओलि

Logo
जनक दशौंदी प्रकाशित मंगलबार, आषाढ १९, २०८१

सुर्खेत । विरेन्द्रनगर नगरपालिकामा सञ्चालन भएको कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका एस.एस.पि वीर बहादुर ओलिले कर्णालीमा हिंसा र दुर्व्यवहार जस्ता घटनाहरुको कमी छैन भनि बताउनु भएको छ ।

कर्णालीमा बर्ष पिच्छे घरेलु हिंसा देखि लिएर विभिन्न प्रकार घटना बढ्दै गएको छ ।यहाँ तराई मा धुरी जोडिएको छ अनि मन फाटेको छ भने पहाडमा तथा हिमालमा धुरी फाटेको छ अनि मन जोडिएको छ । कर्णालीमा 2080/81 को हिंसा घटनाको तथ्यांक अनुसार सबैभन्दा बढी महिला हिंसा भएको बताउनु भएको छ ।जसमा 80/81 मा 717वटा मुद्दा दर्ता भएका छन अनि घरेलु हिंसा 516वटा मुद्दा दर्ता भएका छन ।यिनी सबै प्रकारको हिंसा दुर्व्यवहार मा सबैभन्दा
बढी महिला पीडित रहेको कुरा बताउनु भएको छ ।महिला हिंसामा सबैभन्दा बढी कर्णाली प्रदेशको राजधानी सुर्खेत,बहुबिबाहको हिसाबले सल्यान पहिलो नम्बरमा अनि दोस्रोमा दैलेख,जबरजस्ति करणीको हिसाबले सुर्खेत पहिलो नम्बर रहेको कुरा बताउनु भएको छ ।

अन्त्यमा हिंसा र दुर्व्यवहार रोक्न एक्लै सम्भव छैन आफू आआफ्नो ठाँउमा सचेत रहनु पर्छ । कुनै पनि ठाँउमा जादा घर परिवारलाई आफू जान लागेको बारेमा बताउने अनि जान लागेको ठाँउ के काम जाने कुन समयमा के गर्ने भन्ने कुराको पुर्व योजना बानाउने आफू लगायत सम्पुर्ण यस्ता हिंसा,दुर्व्यवहार जस्ता घटना बारेमा सचेत गराउने जस्ता कुराहरू बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]