०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

कर्णालीमा हिंसा र दुर्व्यवहार जस्ता घटनाहरुको कमी छैन :एस.एस.पि ओलि

Logo
जनक दशौंदी प्रकाशित मंगलबार, आषाढ १९, २०८१

सुर्खेत । विरेन्द्रनगर नगरपालिकामा सञ्चालन भएको कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहार सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका एस.एस.पि वीर बहादुर ओलिले कर्णालीमा हिंसा र दुर्व्यवहार जस्ता घटनाहरुको कमी छैन भनि बताउनु भएको छ ।

कर्णालीमा बर्ष पिच्छे घरेलु हिंसा देखि लिएर विभिन्न प्रकार घटना बढ्दै गएको छ ।यहाँ तराई मा धुरी जोडिएको छ अनि मन फाटेको छ भने पहाडमा तथा हिमालमा धुरी फाटेको छ अनि मन जोडिएको छ । कर्णालीमा 2080/81 को हिंसा घटनाको तथ्यांक अनुसार सबैभन्दा बढी महिला हिंसा भएको बताउनु भएको छ ।जसमा 80/81 मा 717वटा मुद्दा दर्ता भएका छन अनि घरेलु हिंसा 516वटा मुद्दा दर्ता भएका छन ।यिनी सबै प्रकारको हिंसा दुर्व्यवहार मा सबैभन्दा
बढी महिला पीडित रहेको कुरा बताउनु भएको छ ।महिला हिंसामा सबैभन्दा बढी कर्णाली प्रदेशको राजधानी सुर्खेत,बहुबिबाहको हिसाबले सल्यान पहिलो नम्बरमा अनि दोस्रोमा दैलेख,जबरजस्ति करणीको हिसाबले सुर्खेत पहिलो नम्बर रहेको कुरा बताउनु भएको छ ।

अन्त्यमा हिंसा र दुर्व्यवहार रोक्न एक्लै सम्भव छैन आफू आआफ्नो ठाँउमा सचेत रहनु पर्छ । कुनै पनि ठाँउमा जादा घर परिवारलाई आफू जान लागेको बारेमा बताउने अनि जान लागेको ठाँउ के काम जाने कुन समयमा के गर्ने भन्ने कुराको पुर्व योजना बानाउने आफू लगायत सम्पुर्ण यस्ता हिंसा,दुर्व्यवहार जस्ता घटना बारेमा सचेत गराउने जस्ता कुराहरू बताउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]