मलेसिया । गण्डकी प्रदेश, गोरखा निवासी राजेन्द्र क्षेत्री, जो २०२५ सेप्टेम्बर २८ देखि सम्पर्कविहीन हुनुभएको थियो, उहाँलाई मलेसियामा सुरक्षित अवस्थामा फेला पारिएको छ। नेपाली राजदूतावास, मलेसिया,हिराेनेपाल टिभि लगायतबाट क्षेत्रीको खोजीका लागि सार्वजनिक सूचना जारी गर्दै सहयोगका लागि अपिल गरिएकाे थियाे उक्त अपिलपछि नेपाली जनसम्पर्क समिति मलेसियाका उपसभापति टेक बहादुर टमाटाले आज उहाँलाई शकुसल भेट गर्न […]
काठमाडौँ । करार कर्मचारीको सेवा सम्झौता रद्द गरिएको छ । गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको हो । संघीय सरकारको निर्देशनपछि २९ गतेदेखि लागु हुने गरी जुम्लाका गुठिचौर गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, नेपाल सरकार प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी […]
काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ देशका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णयको तयारी गरेको स्रोतले जानकारी दियो । “अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक नियुक्तिका आधारमा राजदूत बनेका १६ जनामध्ये ११ जनालाई फिर्ता बोलाउने तयारी भएको […]
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा यतिखेर केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ धमाधम राखिरहेका छन् । बैठकमा बोल्नेहरूले विगतको भन्दा योपटक खुलेर आफ्ना कुरा राखिरहेका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्न योपटक पनि दबाब बढेको छ । अध्यक्ष केपी ओलीलाई राजीनामा दिएर अभिभावकको भूमिकामा बस्न पनि केही नेताले सुझाएका छन् । जेनजी आन्दोलनपछि एमालेमा […]
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिएका छन् । पुनले बिहीबार बसेका विभिन्न बैठकमार्फत पाँच बुँदा सार्वजनिक गरेका हुन् । उनले नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन नेपाल मै गर्नको लागि मात्र आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न […]
एनआरए दिवस ११ अक्टोबर शनिबार एनआरएनए एकताको घोषणा हुने वार्ता अन्तिम चरणमा पुगेको छ । चार वर्षदेखि चलेको आन्तरिक विवाद अन्त्य गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बृहत एकताको प्रयास तीव्र बनेको हो । संघ स्रोतका अनुसार बिहीबार काठमाडौंको ठमेलस्थित एक होटलमा संघका वर्तमान पदाधिकारी, संस्थापक तथा पूर्वपदाधिकारीबीच गोप्य बैठक सम्पन्न भएको हो। बैठकले एनआरएनए […]
काठमाडौँ। निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । आयोगले यही असोज १९ गतेको निर्णयानुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रमबमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ […]
मलका, मलेसिया । गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलका, मलेसियाले नेपालमा भइरहेको जेन्जी आन्दोलनमा घाइते भएकाहरू र हालैको बाढीबाट पीडित भएकाहरूलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। २०८२ असोज १९ गते (२०२५ अक्टोबर ५) का दिन साँझ ८ बजे भर्चुअल माध्यमबाट बसेको मासिक बैठकले यस्तो महत्वपूर्ण निर्णय गरेको हो। बैठकले सहयोग संकलनका लागि […]
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेनजेडका नेता सुदन गुरुङको उपस्थिति देखिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्टसहित आयोजित उक्त बैठकमा गुरुङले विपद् उद्धार र राहत व्यवस्थापनका विषयमा सुझाव र निर्देशन दिएका छन्। बैठकको भिडियो उनले आफैं सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्, जसमा उनी सरकारी अधिकारीहरूसँग प्रत्यक्ष संवाद गर्दै […]
अविरल वर्षासँगैको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिन बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।