०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

स्ट्रेट अफ होर्मुजमा भारतीय दुई पानीजहाजमाथि हमला

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०६, २०८३

भारतले स्ट्रेट अफ होर्मुजमा दुई भारतीय जहाजमाथि हमला भएको बताएको छ ।

भारतीय विदेश सचिव विक्रम मिश्रीले दुई भारतीय जहाजमाथि हमला भएको बताएका हुन् । उक्त घटनाबारे उनले नयाँ दिल्लीस्थित इरानी राजदूतलाई बोलाएर छलफल समेत गरेका छन् ।

”घटनाबारे इरानी पक्षसँग भारतले गम्भीर चासो व्यक्त गरेको छ,” विदेश सचिव मिश्रीको भनाइ छ । भारतीय जहाजका कप्तानले विना कुनै चेतावनी इरानी सेनाले आक्रमण गरेको बताएका छन् ।

भारतले आफ्नो मुलुकका कार्गो पानीजहाज माथि कुनै पनि अवरोध नपुर्‍याउन इरानको ध्यानाकर्षण गराएको छ । ”भारतीय जहाजहरू उक्त मार्गमा निर्वाधरुपमा हिँडिरहेका थिए । यसअघि यस्तो आक्रमणको सामना गर्नुपरेको थिएन । भारत चाहन्छ यो वातावरण कायम रहोस्,” उनले इरानी प्रतिनिधिलाई भनेको कुरा उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]