०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टसँग जोडिएको आर्थिक जालोमा उच्च पदस्थहरूको संलग्नता खुल्दै

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, बैशाख १०, २०८३

सम्पत्ति शुद्धीकरण कसुर अन्तर्गत अनुसन्धानका लागि नामुद बिचौलिया दीपक भट्ट पक्राउ परेपछि उनीसँग जोडिएका आर्थिक अपराधका नयाँ–नयाँ तथ्यहरू सार्वजनिक हुन थालेका छन्।

भट्टको आर्थिक साम्राज्यमाथि छानबिन भइरहेका बेला उनले लगानी गरेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा अर्थसचिव डा. घनश्याम उपाध्यायले आफ्नी श्रीमती भगवती उपाध्यायको नाममा संस्थापक सेयर लिएको खुलासा भएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता अभिलेख (दर्ता नं. ३०४३२०–७९/८०) अनुसार भगवती उपाध्याय संस्थापक सेयरधनीको रूपमा सातौँ नम्बरमा देखिएकी छन्। उपाध्याय परिवारको नाममा १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता संस्थापक सेयर रहेको पाइएको छ।

उच्च ओहोदाका कर्मचारी तथा राजनीतिज्ञहरू नै आर्थिक प्रलोभनमा परेर बिचौलियाको अनियमिततामा जोडिनुले सरकारको सुशासन अभियानमा गम्भीर धक्का पुगेको विश्लेषकहरूको भनाइ छ।

भट्टको वित्तीय अपराधको सञ्जालमा अनुसन्धानको दायरा बढ्दै जाँदा ठूला खुलासा भइरहेका छन्। उनीसँग उच्च पदस्थ राजनीतिज्ञ, सरकारी कर्मचारी तथा नाम चलेका व्यापारी–व्यवसायीहरूको साँठगाँठसमेत देखिएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका आधिकारिक अभिलेखअनुसार कम्पनीमा कुल ४६ जना संस्थापक सेयरधनी रहेका छन्। साथै, अन्य केही चर्चित व्यक्तिहरूले पनि सेयर लिएको तथ्य बाहिर आएको छ।

भट्टको कम्पनीमा साझेदारी देखिएपछि गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन बाध्य भएका छन्।

यसैबीच, व्यवसायी तथा हिमालयन रि–इन्स्योरेन्सका पूर्वअध्यक्ष शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक चरणको बयान लिइसकेको छ।

त्यसैगरी, शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र उनका छोरामाथि पनि अनुसन्धान अघि बढाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]