१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन् : ट्रम्पको आरोप

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र १८, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।

चीनले आयोजना गरेको परेडमा चिनियाँ राष्ट्रपति सीसँगै पुटिन र किम देखिएका थिए । उनीहरुसँगै अन्य विभिन्न २६ राष्ट्रका प्रमुखहरू पनि सहभागी भएका छन् ।

चीनले विश्वका नेताहरूलाई साथमा लिएर शक्ति प्रदर्शन गरिरहँदा ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत टिप्पणी गर्दै अमेरिकाविरुद्धको षडयन्त्र भनेका हुन् । ‘भ्लादिमिर पुटिन र किम जोङ-उनलाई मेरो हार्दिक अभिवादन पुर्‍याइदिनुहोस्, तपाईंहरू अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहनु भएको छ’, उनले लेखेका छन् ।

ट्रम्पले चीनलाई दोस्रो विश्वयुद्धमा अमेरिकाले दिएको बलिदान सम्झिंदै अमेरिकी सैनिकलाई सम्मानपूर्वक स्मरण गर्न आग्रह गरेका छन् । ‘चीनको विजय र गौरवको खोजीमा धेरै अमेरिकीले ज्यान गुमाए । म आशा गर्दछु कि उनीहरूको वीरता र बलिदानलाई उचित सम्मान र सम्झना गरिनेछ’, ट्रम्पले भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]