१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

ओलीले लिपुलेकको कुरा उठाएपछि सीको ठाडाे जवाफ- नेपाल र भारतको विवादमा पक्ष बन्न चाहँदैनौँ

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र १५, २०८२

चीनका राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई लिएर भारत र नेपालबीच रहेको सीमा विवादमा आफूहरु पक्ष बन्न नचाहेको बताएका छन्।

चीनको तिन्जियानमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको द्वीपक्षीय वार्तामा लिपुलेकबारे भारत र चीनले हालै गरेको सहमतिबारे नेपालले असहमति जनाएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन्।

सीसँगको भेटमा प्रधानमन्त्री ओलीले सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्वतर्फका सबै भूभागहरू नेपालका रहेको भन्दै यस मामिलामा चीनले नेपाललाई सहयोग गनुपर्ने मत राखेका थिए।

‘सन् १८१६ को सुगौली सन्धिले नेपालको सीमा निर्धारण गरेको हो। त्योअनुसार महाकालीपूर्वका सबै भूभागहरु नेपाली भूभाग हुन्। नेपालका सार्वभौम भूभाग हुन् नेपालका । लिपुलेकको त्यो भूभाग प्रयोग गर्ने गरी भएको जुन सम्झौता छ, त्यो हुन हुँदैनथ्यो। चीन सरकारले त्यस सम्झौलाई पालना नगरोस्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भेटवार्तापछि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भने, ‘त्यस सम्झौताका सम्बन्धमा नेपालको आपत्ति छ भन्ने स्पष्ट आफ्नो धारणा राख्नुभयो।’

 

परराष्ट्र सचिव राईका अनुसार सीले यसको जवाफ दिएका थिए। उनका अनुसार राष्ट्रपति सीले मुख्यगरी दुई कुरा आफ्नो जवाफमा उल्लेख गरेका थिए। पहिलो, उनले यो विषय नेपाल र भारतको मामिला भएको भन्दै आफूहरु यसको पक्ष नबन्ने प्रष्ट पारेका थिए।

अर्को, नेपालको दाबीविरुद्ध आफूहरुले भारतसँग सम्झौता नगरेको समेत उल्लेख गरेका थिए। ‘परम्परागतरुपमा यो नाका प्रयोग हुँदै आएको हो तर तपाईंहरूको जुन सीमा विवाद हो, त्यसमा हामी पक्ष बन्न चाहँदैनौँ,’ चिनियाँ राष्ट्रपतिको भनाई उल्लेख गर्दै राईले भने, ‘तपाईंहरुले दुई पक्षले समाधान गर्ने विषय हो। नेपालको दाबीमा हाम्रो कुनै सम्झौता होइन भन्ने कुरा तपाईंहरुले बुझिदिनुहोला भन्ने खालको उहाँको प्रतिउत्तर थियो।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]