०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

ओलीले लिपुलेकको कुरा उठाएपछि सीको ठाडाे जवाफ- नेपाल र भारतको विवादमा पक्ष बन्न चाहँदैनौँ

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र १५, २०८२

चीनका राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई लिएर भारत र नेपालबीच रहेको सीमा विवादमा आफूहरु पक्ष बन्न नचाहेको बताएका छन्।

चीनको तिन्जियानमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको द्वीपक्षीय वार्तामा लिपुलेकबारे भारत र चीनले हालै गरेको सहमतिबारे नेपालले असहमति जनाएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन्।

सीसँगको भेटमा प्रधानमन्त्री ओलीले सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्वतर्फका सबै भूभागहरू नेपालका रहेको भन्दै यस मामिलामा चीनले नेपाललाई सहयोग गनुपर्ने मत राखेका थिए।

‘सन् १८१६ को सुगौली सन्धिले नेपालको सीमा निर्धारण गरेको हो। त्योअनुसार महाकालीपूर्वका सबै भूभागहरु नेपाली भूभाग हुन्। नेपालका सार्वभौम भूभाग हुन् नेपालका । लिपुलेकको त्यो भूभाग प्रयोग गर्ने गरी भएको जुन सम्झौता छ, त्यो हुन हुँदैनथ्यो। चीन सरकारले त्यस सम्झौलाई पालना नगरोस्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भेटवार्तापछि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भने, ‘त्यस सम्झौताका सम्बन्धमा नेपालको आपत्ति छ भन्ने स्पष्ट आफ्नो धारणा राख्नुभयो।’

 

परराष्ट्र सचिव राईका अनुसार सीले यसको जवाफ दिएका थिए। उनका अनुसार राष्ट्रपति सीले मुख्यगरी दुई कुरा आफ्नो जवाफमा उल्लेख गरेका थिए। पहिलो, उनले यो विषय नेपाल र भारतको मामिला भएको भन्दै आफूहरु यसको पक्ष नबन्ने प्रष्ट पारेका थिए।

अर्को, नेपालको दाबीविरुद्ध आफूहरुले भारतसँग सम्झौता नगरेको समेत उल्लेख गरेका थिए। ‘परम्परागतरुपमा यो नाका प्रयोग हुँदै आएको हो तर तपाईंहरूको जुन सीमा विवाद हो, त्यसमा हामी पक्ष बन्न चाहँदैनौँ,’ चिनियाँ राष्ट्रपतिको भनाई उल्लेख गर्दै राईले भने, ‘तपाईंहरुले दुई पक्षले समाधान गर्ने विषय हो। नेपालको दाबीमा हाम्रो कुनै सम्झौता होइन भन्ने कुरा तपाईंहरुले बुझिदिनुहोला भन्ने खालको उहाँको प्रतिउत्तर थियो।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]