१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

NRNA- NCC मलेसिया र क्षेत्रीय समिति मलाकाले राजदूतावासलाई संयुक्त रुपमा बुझाय समिति गठनकाे विवरण

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र ०९, २०८२

क्वालालम्पुर, मलेसिया | २५ अगस्ट २०२५ गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाको राष्ट्रिय समन्वय परिषद् (NCC) तथा मलका राज्य समितिको नयाँ कार्यसमिति गठन भई, दुवै समितिले संयुक्त रूपमा नेपाली राजदूतावास, क्वालालम्पुरमा आफ्नो औपचारिक विवरण प्रस्तुत गरेका छन्।

यस अवसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो, जसमा महामहिम नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सेना र मधेस प्रदेशका मुख्यमन्त्री नितिस कुमार सिंहको विशेष उपस्थिति रहेको थियो।

NRNA–NCC मलेसिया: नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन
हालै सम्पन्न नवौँ अधिवेशनबाट राकेश प्रसाद महतोको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषद् (NCC) मलेसियाको नयाँ नेतृत्व चयन गरिएको हो। नव-निर्वाचित कार्यसमितिमा विभिन्न जिम्मेवारी सम्हाल्ने पदाधिकारीहरू यस प्रकार रहेका छन्:

अध्यक्ष: राकेश प्रसाद महतो
प्रथम उपाध्यक्ष: राजु तामाङ
उपाध्यक्षहरू: नारायण अधिकारी, विनोद पाण्डे, अनिल कुमार चौधरी
महिला उपाध्यक्ष: लिला मगर
युवा उपाध्यक्ष: सन्तोष पौडेल
महासचिव: विष्णु प्रसाद बराल
सचिवहरू: उमेश कोइरी महतो, रमेश पौडेल
कोषाध्यक्ष: खेमराज खत्री
सह–कोषाध्यक्ष: सुरेश कुमार देवकोटा
युवा संयोजक: राजन हायु राई
महिला संयोजक: शोभा खड्का
सदस्यहरू: हरिबहादुर बस्नेत, कैलाश बिष्ट, रूपेश बी.के, बाबुराम थापा मगर, तिपेन्द्र बुडा मगर, इन्द्र प्रकाश भण्डारी, छेवाङ लामा, चित्रबहादुर थापा, दीपक प्रसाद यादव

मलका राज्य समिति पनि औपचारिक रूपमा गठन

त्यस्तैगरी, मलेसियाको मलका राज्य समिति पनि औपचारिक रूपमा गठन गरिएको छ। **अर्जुन लावती (लिम्बू)**को अध्यक्षतामा गठित समितिले पनि नेपाली राजदूतावासमा आफ्नो कार्यसमितिको विवरण बुझाएको हो।

मलका राज्य समितिको संरचना यस्तो रहेको छ:
अध्यक्ष: अर्जुन लावती (लिम्बू)
वरिष्ठ उपाध्यक्ष: ज्ञाबिन्द्र राई
उपाध्यक्ष: शिब लाल ढकाल
महिला उपाध्यक्ष: वर्षा राई
सचिव: मनोज दशौंदी
सह–सचिव: टोपजङ पान्डे
कोषाध्यक्ष: अस्मिता भोलन
सह–कोषाध्यक्ष: सागर राई
युवा संयोजक: झनक बस्नेत
सदस्यहरू:
अजय धामी, त्रीबत लिम्बू, ढकमनि बिस्वकर्मा, सबिन तामाङ, सुक्रा मन तामाङ, फुर्बा सांगे तामाङ, दिपक मल्ल, तिर्सना सिङ्गार

संयुक्त रूपमा विवरण हस्तान्तरण
समितिहरूको तर्फबाट नेपाली राजदूतावासमा अर्जुन लावती (अध्यक्ष, मलका समिति), मनोज दशौंदी (सचिव), राकेश प्रसाद महतो (अध्यक्ष, NCC मलेसिया), विष्णु प्रसाद बराल (महासचिव), लिला मगर (महिला उपाध्यक्ष), र शाेभा खड्का (महिला संयोजक) ले संयुक्त रूपमा औपचारिक विवरण हस्तान्तरण गरेका थिए।

समस्या र समाधानबारे छलफल
पत्र बुझाउनु अघि, कार्यक्रममा सहभागी सबै प्रतिनिधिहरूको परिचयपछि खुला अन्तरक्रियात्मक सत्रको आयोजना गरिएको थियो। उक्त सत्रमा उपस्थित पत्रकार, प्रतिनिधिहरू र श्रमिकहरूले उठाएका समस्याहरू र समाधानका उपायहरूबारे गम्भीर छलफल भएको थियो।
छलफलका क्रममा महामहिम राजदूत डा. नेत्र प्रसाद तिम्सेनाले मलेसियामा रहेका नेपालीहरूको समस्या गम्भीर रूपमा बुझेर दूतावासले सक्दो सहयोग गरिरहेको बताउँदै आगामी दिनहरूमा अझ सशक्त रूपमा श्रमिक हितको पक्षमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो।

त्यस्तै, मुख्यमन्त्री नितिस कुमार सिंहले मलेसियामा रहेका नेपालीहरूका समस्या समाधानका लागि राजदुताबासलाई जिमेवार भएर लाग्न सुझाव दिदै आफुले पनि नेपाल सरकारसँग जिम्मेवार भएर गहन छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको समापनमा दुवै समितिले मलेसियामा रहेका सम्पूर्ण नेपालीहरूका हकहित, सहयोग, संरक्षण र समृद्धिको लागि थप सक्रियता, समर्पण र एकताका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

;

;

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]