१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

स्थायी समितिले गुटबन्दी अन्त्य गर्ने सामूहिक संकल्प र प्रतिबद्धता समेत गरेको छः प्रचण्ड

Logo
HeroNepal-tv प्रकाशित सोमबार, साउन २०, २०८२

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकले पार्टीभित्रका सबै किसिमका गुटबन्दी अन्त्य गर्ने सामूहिक सङ्कल्प र प्रतिबद्धता गरेको बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आज सम्पन्न भएको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले पार्टीलाई एकताबद्ध गर्दै फेरि जनतामा जाने र मुलुकमा देखिएका बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिए।

‘संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका निम्ति सिंगो मुलुकलाई एकताबद्ध गर्न र अब आउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्न पार्टी एकताबद्ध भएको निष्कर्ष निकालेको छ’, अध्यक्ष दाहालले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]