इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ। भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताइन्। इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन्। परराष्ट्रमन्त्री डा राणाले भनिन्, ‘इरानमा केही नेपाली हुनुहुन्छ। आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दलका नेताहरू लिएर प्रधानमन्त्री केपी शर्मा ओली भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका छन्। देउवासहित पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र परराष्ट्रमन्त्री आरजु राणा देउवा ओलीसँग छलफल गरिरहेका छन्।
आगामी आर्थिक वर्षको बजेट तयारीको चटारोमा रहेका बेला धरान उपमहानगरपालिकामा मेयर र उपमेयरबिचको विवादले उग्र रूप लिँदा मंगलबार दिनभर तनावग्रस्त बन्यो । मेयर हर्क साम्पाङ् र उपमेयर आइन्द्र विक्रम बेघाबिचको विवादले स्थिति तनावग्रस्त बनेको हो । घटनाक्रम अनुसार सोमबार धरान वडा नं. १६ मा रहेको बहुभाषिक पाठशालामा जाली लगाएको रकमको नौ लाख रुपैयाँ दिनुपर्ने मेयर […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा पर्सामा मुद्दा दर्ता भएको छ । रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि उनी अहिले भैरहवा कारागारमा थुनामा छन् । सानो पाइला सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको अभियोगमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबीसहित उनीविरुद्ध मुद्दा दर्ता […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिन नपर्ने बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपका सम्पादक र पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री केपी ओली यस्तो बताउनुभएको हो । आफुले विपक्षीको अधिकारको सम्मान गरेको तर गृहमन्त्रीकाे राजीनामा माग्नुको कुनै तुक नरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । उहाँले लाखौँ कर्मचारी मध्य […]
काठमाडौं । सरकारले दक्षिण कोरियामा भाषा र स्नातक तहमा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र दिन रोक लगाएको छ । उच्चशिक्षा अध्ययनका लागि भन्दै कोरिया जाने तर शैक्षिक संस्थामा नियमित गई नपढ्ने, काममा मात्र जोड दिने जस्ता विकृति बढेपछि सरकारले कोरियामा अध्ययनका लागि दिइने अनुमति पत्रमा रोक लगाएको हो । तर, कोरिया जान चाहने विद्यार्थीहरूले […]
काठमाडौं । २०६५ सालयता वर्षेनि मनाइँदै आएको गणतन्त्र दिवसअन्तर्गत भोलिको (जेठ १५) अन्तर्गत यस वर्षको कार्यक्र मुरक्षा दृष्टिले उच्च सतर्कतायुक्त हुने भएको छ । भोलि नै एकातिर सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्र उत्सव र राप्रपासहितका राजावादी समूहले ‘जनआन्दोलन’ कार्यक्रमको घोषणा गरेका कारण सुरक्षा रणनीति त्यहीअनुसार बनाइएको छ । बिहानै टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने औपचारिक […]
काठमाडौं । गृह मन्त्रालयले सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई सरुवा गरेको छ । भिजिट भिसामा बदमासी गरेको उजुरी परेका कर्मचारीलाई सरुवा गरिएको हो । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सह सचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पर्नुअघि गृहमन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए । भिजिट भिसामा […]
काठमाडौँ, वैशाख १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ। तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण […]
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दा सडकमा फोहोर गरेको, आइल्यान्ड तथा रेलिङमा क्षति पुर्याएको भन्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरपालिकाले जरिवाना तिर्न राप्रपाको केन्द्रीय कार्यालयलाई आइतबार नै पत्राचार गरेको छ। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट फर्कँदा विमानस्थलदेखि निर्मलनिवाससम्म राप्रपालगायत दलको सहभागितामा स्वागत र्याली गरिएको थियो।