०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष कायम

Logo
HeroNepal-tv प्रकाशित शनिबार, साउन १८, २०८२

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्ष कायम भएको छ। सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा रहेको ५ वर्षे अवधिलाई बढाएर १० वर्ष पुर्‍याइएको हो।

यो व्यवस्थाले अब चालकहरूले ५-५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्।

राजपत्रमा प्रकाशित सूचना अनुसार, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) मा रहेको ‘पाँच वर्षसम्म’ भन्ने शब्दको सट्टा ‘दश वर्षसम्म’ भन्ने शब्द राखिएको छ।

त्यसैगरी, ऐनको दफा ५६ को उपदफा (३) मा रहेको नवीकरणपछिको अवधिलाई जनाउने ‘पाँच वर्षसम्मको’ भन्ने शब्दलाई पनि ‘दश वर्षसम्मको’ बनाइएको छ।

नयाँ व्यवस्थासँगै अब जारी हुने नयाँ लाइसेन्स र नवीकरण गरिने लाइसेन्स दुवैको अवधि १० वर्षको हुनेछ। यसले यातायात कार्यालयमा हुने भीडभाड कम गर्न र सेवाग्राहीलाई सहज बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]