०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नेपालमा सामाजिक सञ्जाल दर्ता हुन केके चाहिन्छ त कागजात ?

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २०, २०८२

काठमाडौं । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको २० महिना भयो । यस निर्देशिकाको कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पटकपटक सूचना पनि जारी गर्‍यो ।

तर, नेपालमा सूचीकरण नै नभई सञ्चालनमा सामाजिक सञ्जाल प्लेटफर्मले सरकारको सूचनालाई अटेर गरे । तीमध्ये फेसबुक, एक्स (पहिलेको ट्विटर), ह्वाट्सएप, इमो, युट्युबलगायत सामाजिक सञ्जाल पर्छन् ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी भएको तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने व्यवस्था छ । यस निर्देशिकाको दफा ३ को उपदफा (३) मा निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने व्यवस्था छ ।

यसका लागि विदेशी र स्वदेशी कम्पनीलाई सूचीकरणका लागि चाहिने आवश्यक फारम तथा कागजात अनुसूची १ मा व्यवस्था गरिएको छ ।

नेपालबाहिर मुख्य कार्यालय भएका कम्पनी तथा नेपालभित्रै मुख्य कार्यालय हुने कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सम्बोधन गरेर सूचीकरणका लागि फारम भर्नुपर्छ ।

यस्ता छन् ढाँचा

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]