२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

नेपालमा सामाजिक सञ्जाल दर्ता हुन केके चाहिन्छ त कागजात ?

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २०, २०८२

काठमाडौं । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको २० महिना भयो । यस निर्देशिकाको कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पटकपटक सूचना पनि जारी गर्‍यो ।

तर, नेपालमा सूचीकरण नै नभई सञ्चालनमा सामाजिक सञ्जाल प्लेटफर्मले सरकारको सूचनालाई अटेर गरे । तीमध्ये फेसबुक, एक्स (पहिलेको ट्विटर), ह्वाट्सएप, इमो, युट्युबलगायत सामाजिक सञ्जाल पर्छन् ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी भएको तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने व्यवस्था छ । यस निर्देशिकाको दफा ३ को उपदफा (३) मा निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने व्यवस्था छ ।

यसका लागि विदेशी र स्वदेशी कम्पनीलाई सूचीकरणका लागि चाहिने आवश्यक फारम तथा कागजात अनुसूची १ मा व्यवस्था गरिएको छ ।

नेपालबाहिर मुख्य कार्यालय भएका कम्पनी तथा नेपालभित्रै मुख्य कार्यालय हुने कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सम्बोधन गरेर सूचीकरणका लागि फारम भर्नुपर्छ ।

यस्ता छन् ढाँचा

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]