काठमाडौं । वर्तमान सरकारलाई कामचलाउ घोषणा गर्न माग गरिएको रिटमा सुनुवाइ सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक उन्मुक्ति र जसपा नेपालले समर्थन फिर्ता लिएको ३० दिनसम्म विश्वासको मत नलिएको भन्दै वर्तमान सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै अधिवक्ता वीरेन्द्र केसीले सर्वोच्चमा रिट दायर गरेको थिए ।
उक्त रिटमा भदौ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलेको इजलासले कारण देखाऊ आदेश जारी गर्दै केही गम्भीर प्रश्नहरूको निरुपणको आवश्यकता औंल्लाउँदै अन्तरिक आदेश छलफलका लागि बुधबार (भदौ ११ गते)को पेसी तोकेको थियो ।
बुधबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ सकिएको छ । अन्तरिम आदेशका लागि भएको सुनुवाइ सकिए पनि आदेश भने भइसकेको छैन ।