०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सरकारलाई कामचलाउ घोषणा गर्न माग गरिएको रिटमा सकियो सुनुवाइ

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र ११, २०८२

काठमाडौं । वर्तमान सरकारलाई कामचलाउ घोषणा गर्न माग गरिएको रिटमा सुनुवाइ सकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक उन्मुक्ति र जसपा नेपालले समर्थन फिर्ता लिएको ३० दिनसम्म विश्वासको मत नलिएको भन्दै वर्तमान सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै अधिवक्ता वीरेन्द्र केसीले सर्वोच्चमा रिट दायर गरेको थिए ।

उक्त रिटमा भदौ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलेको इजलासले कारण देखाऊ आदेश जारी गर्दै केही गम्भीर प्रश्नहरूको निरुपणको आवश्यकता औंल्लाउँदै अन्तरिक आदेश छलफलका लागि बुधबार (भदौ ११ गते)को पेसी तोकेको थियो ।

बुधबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ सकिएको छ । अन्तरिम आदेशका लागि भएको सुनुवाइ सकिए पनि आदेश भने भइसकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]