०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह NRNA मलसियाकाे हरितालिका  तिज बिशेेष  कार्यक्रमलाई सम्माेधन गर्न मलेसियामा

Logo
Manoj Dashaundi प्रकाशित शनिबार, भाद्र ०७, २०८२

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह गैर आवासिय नेपाली संघ मलसिया द्वारा आयोजना हुने हरितालिका तिज बिशेेष कार्यक्रमलाई सम्माेधन गर्न आज बिहान मलेसिया आईपुग्नुभएको छ ।

मुख्य मन्त्रि सिंहलाई स्वागत गर्न क्वालालम्पुर अन्तराष्ट्रिय विमान स्थलमा नेपाली राजदुताबास मलेसियाका महामहिम राजदूत नेत्रप्रसाद तिमल्सिना प्रतिनिधि ,गैर आवासिय नेपाली  संघ मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो ,महासचिव बिस्नु बराल, सचीव उमेस महतो कोइरिगैर आवासीय नेपाली संघ मलेसियाको अध्यक्ष राकेश प्रसाद महत्तो , उपाध्यक्ष अनिल कुमार चौधरी , महासचिव बिष्णु प्रसाद बराल,सचिव उमेश महत्तो, सदस्य दिपक प्रसाद यादब मलेसिया स्थित पत्रकारहरुकाे टाेली र विभिन्न राजनितिक दलका प्रर्तिनिधिकाे टोलि बिमानस्थल पुगेका थिए ।

मुख्यमन्त्री सिंहले मलेसियामा कार्यरत नेपाली कामदारहरूको अवस्था, समस्या र अनुभवबारे जानकारी लिने र आवश्यक पहल गर्ने कार्यक्रमहरूमा सहभागिता जनाउने सचिवालयले जानकारी दिएको छ। मधेस प्रदेश सरकारका अनुसार, सिंहको भ्रमणले वैदेशिक रोजगारमा रहेका नागरिकहरूको वास्तविक अवस्था बुझ्न र तिनको हकहितमा काम गर्न महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ।

हरितालिका विशेष सांगीतिक कार्यक्रमको लागि गायिका अञ्जिला रेग्मी, मिसेल घिमिरे,झरना रिसाल, बार्सा राई सामा देवान लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन् । कार्यक्रम हरितालिका तीज २०८२ मलेसियामा कार्यरत नेपाली चेलीबेटी लाई माइतीघर आभास दिलाउने र नेपाली समुदायलाई मनोरञ्जन र सामाजिक सद्भाव मेलमिलापको अवसर प्रदान गर्ने आपेक्षा गैर आवासिय नेपाली  संघ मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले राखेको बताउनु भयो।

कार्यक्रम मलेसियाको क्वालालम्पुर स्थिल होटल ग्राण्ड कण्तिनेन्टल को सभाहलमा आज मिति: २३ अगष्ट २०२५ साँझ ६ बजेदेखि १० बजे सम्म रहने तय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]