२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह NRNA मलसियाकाे हरितालिका  तिज बिशेेष  कार्यक्रमलाई सम्माेधन गर्न मलेसियामा

Logo
Manoj Dashaundi प्रकाशित शनिबार, भाद्र ०७, २०८२

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह गैर आवासिय नेपाली संघ मलसिया द्वारा आयोजना हुने हरितालिका तिज बिशेेष कार्यक्रमलाई सम्माेधन गर्न आज बिहान मलेसिया आईपुग्नुभएको छ ।

मुख्य मन्त्रि सिंहलाई स्वागत गर्न क्वालालम्पुर अन्तराष्ट्रिय विमान स्थलमा नेपाली राजदुताबास मलेसियाका महामहिम राजदूत नेत्रप्रसाद तिमल्सिना प्रतिनिधि ,गैर आवासिय नेपाली  संघ मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो ,महासचिव बिस्नु बराल, सचीव उमेस महतो कोइरिगैर आवासीय नेपाली संघ मलेसियाको अध्यक्ष राकेश प्रसाद महत्तो , उपाध्यक्ष अनिल कुमार चौधरी , महासचिव बिष्णु प्रसाद बराल,सचिव उमेश महत्तो, सदस्य दिपक प्रसाद यादब मलेसिया स्थित पत्रकारहरुकाे टाेली र विभिन्न राजनितिक दलका प्रर्तिनिधिकाे टोलि बिमानस्थल पुगेका थिए ।

मुख्यमन्त्री सिंहले मलेसियामा कार्यरत नेपाली कामदारहरूको अवस्था, समस्या र अनुभवबारे जानकारी लिने र आवश्यक पहल गर्ने कार्यक्रमहरूमा सहभागिता जनाउने सचिवालयले जानकारी दिएको छ। मधेस प्रदेश सरकारका अनुसार, सिंहको भ्रमणले वैदेशिक रोजगारमा रहेका नागरिकहरूको वास्तविक अवस्था बुझ्न र तिनको हकहितमा काम गर्न महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ।

हरितालिका विशेष सांगीतिक कार्यक्रमको लागि गायिका अञ्जिला रेग्मी, मिसेल घिमिरे,झरना रिसाल, बार्सा राई सामा देवान लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन् । कार्यक्रम हरितालिका तीज २०८२ मलेसियामा कार्यरत नेपाली चेलीबेटी लाई माइतीघर आभास दिलाउने र नेपाली समुदायलाई मनोरञ्जन र सामाजिक सद्भाव मेलमिलापको अवसर प्रदान गर्ने आपेक्षा गैर आवासिय नेपाली  संघ मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले राखेको बताउनु भयो।

कार्यक्रम मलेसियाको क्वालालम्पुर स्थिल होटल ग्राण्ड कण्तिनेन्टल को सभाहलमा आज मिति: २३ अगष्ट २०२५ साँझ ६ बजेदेखि १० बजे सम्म रहने तय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]