०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

मलकामा कन्सुलर सेवा सञ्चालन गर्ने योजना दूतावासको बेवास्ता कारण रद्वगरियाे

मलेसिया – गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलकाले मलेसियास्थित नेपाली राजदूतावाससँगको सहकार्यमा १४ डिसेम्बर २०२५ मा मलका राज्यमा कन्सुलर सेवा सञ्चालन गर्ने उद्देश्यले गत नोभेम्बर ६ मा प्रारम्भिक सूचना जारी गरेको थियो । उक्त सूचनामार्फत नयाँ पासपोर्ट बनाउन वा पुरानो पासपोर्ट नवीकरण गर्नुपर्ने नेपालीहरूलाई अग्रिम सम्पर्कमा आई नाम दर्ता गर्न अनुरोध गरिएको थियो […]

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्ने भएको छ । सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्। नेकपाले अब सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेसको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्नेछ। अन्त्यमा मङ्सिर २९ गते देशभरका पालिकाहरूमा […]

जेनजी आन्दोलनको जगमा बनेको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन मिति तोकेको छ। निर्वाचनका लागि सक्रिय हुनुपर्ने दलहरू अझै सुस्त छन्। सल्यानमा पनि यस्तै अवस्था छ। निर्वाचनलक्षित दलीय गतिविधि शून्य जस्तै छ। जिल्ला निर्वाचन कार्यालय सल्यानले मतदाता नामावली संकलन र अध्यावधिकसम्बन्धी काम सकेको छ। धेरैजसो दल आन्तरिक संगठन सुदृढीकरण, अधिवेशन तयारी जस्ता […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाबिच आज औपचारिक रूपमा पार्टी एकता घोषणा हुँदैछ। आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबिच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ। विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निः सर्त एकतामा जाने […]

काठमाडौं । जेनजी प्रदर्शनका बेला ‘तिब्बतियन ओरिजिनल ब्लड (टीओबी)’ लेखिएको टिसर्ट लगाए र मोटरसाइकल पड्काउँदै प्रवेश गर्ने समूह वास्तवमा बाइक राइडका लागि मात्रै गठन भएको प्रहरी अनुसन्धानले खुलाएको छ। भदौ २३ मा बानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शनलाई अराजक बनाएको आरोपमा पक्राउ परेका तेन्जिन दावा लामा टीओबी समूहका अध्यक्ष रहेको पनि प्रहरीले पुष्टि गरेको छ। बाइक […]

प्रधानमन्त्री सचिवालयमा ‘नातावाद’ विवादः प्रमुख स्वकीय सचिवले पत्नी सहित चार नातेदार नियुक्ति गरेको खुलास प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै श्रीमती तथा अन्य नातेदारलाई नियुक्त गरेको तथ्य सार्वजनिक भएको छ। गत असोज २ गते सचिवालयमा स्वकीय सहसचिव पदमा नियुक्त संगीता श्रेष्ठ आदर्शकै पत्नी भएको पुष्टि भएको हो। आदर्श श्रेष्ठले संगीता […]

काठमाडौं := नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शन भैरहेको यस वर्षको बहुप्रतिक्षित र चर्चित फिल्म ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन मिति पुष्टि गरिएको छ। नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कारोबार गर्न सफल यो फिल्म आगामी डिसेम्बर पहिलो सातादेखि मलेसियामा रिलिज हुने भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक संयोजक तथा मलेसियास्थित व्यवसायी हरि भट्टराईले […]

  भारतको गुजरातस्थित बडोदरा सहरमा एक दम्पतीबीचको घरेलु विवादले दुःखद रूप लिँदै श्रीमानले आफ्नै श्रीमतीको ज्यान लिएको घटना बाहिर आएको छ। बेरोजगारीको विषयमा पत्नीले गरेको मजाकबाट क्रोधित बनेका श्रीमानले घाँटी थिची हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। टाइम्स अफ इन्डियाका अनुसार, बडोदरा सहरको तण्डलजा क्षेत्रमा बस्ने मासिक शेखले आइतबार राति २३ वर्षीया पत्नी मिस्बाह […]

काठमाडौँ — नेपालले श्रीलंका, नोभेम्बर ३ (हिरो नेपाल टिभी) । कोलम्बोमा सम्पन्न सेन्ट्रल एसियन भलिबल संघ (काभा) यू–१९ महिला भलिबल च्याम्पियनसिपमा नेपालले उपविजेता स्थान हात पारेको छ। आइतबार भएको रोमाञ्चक फाइनल खेलमा नेपाल किर्गिस्तानसँग ३–२ सेटले पराजित भएको थियो। पहिलो सेट जित्दै उत्कृष्ट सुरुवात गरे पनि नेपाल त्यसपछि दबाबमा परेको थियो। नेपालले पहिलो सेट २५–२२ […]

काठमाडौँ — पहिलो संविधानसभाका चार पूर्वसभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवारको व्यवस्था गर्न माग गरेको छ। रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर र सुनीलबाबु पन्तलगायतको टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रत्यक्ष निर्वाचन प्रणालीमै महिलाको समान सहभागिता सुनिश्चित गर्न कानुनी संशोधन आवश्यक रहेको बताएको हो। टोलिले भन्यो — “संविधानले समानुपातिक समावेशी सिद्धान्त […]