०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
×

निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न पूर्वसभासदहरूको माग

Logo
HeroNepal-Tv प्रकाशित सोमबार, कार्तिक २५, २०८२

काठमाडौँ — पहिलो संविधानसभाका चार पूर्वसभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवारको व्यवस्था गर्न माग गरेको छ।

रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर र सुनीलबाबु पन्तलगायतको टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रत्यक्ष निर्वाचन प्रणालीमै महिलाको समान सहभागिता सुनिश्चित गर्न कानुनी संशोधन आवश्यक रहेको बताएको हो।

टोलिले भन्यो — “संविधानले समानुपातिक समावेशी सिद्धान्त अवलम्बन गरे पनि निर्वाचन कानुनले त्यो मर्म आत्मसात् गर्न सकेको छैन। त्यसैले, आवश्यक परे अध्यादेशमार्फत् संशोधन गरेर ५० प्रतिशत महिला उम्मेदवारको ग्यारेन्टी गर्नुपर्छ।”

उनीहरूले हालको कानुनमा बाध्यकारी प्रावधान नहुँदा दलहरूले प्रत्यक्ष प्रणालीमा महिलालाई टिकट दिन टार्ने प्रवृत्ति देखिएको गुनासो गरे।

प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलका मागबारे मन्त्रिपरिषदमा छलफल गर्ने प्रतिबद्धता जनाउँदै भनिन् —

“निर्वाचन खर्चिलो हुँदै गएको छ, जसले भ्रष्टाचार र चुनावी बेथिति बढाएको छ। त्यसकारण खर्चिलो निर्वाचन रोक्ने उपायतर्फ पनि सोच्न आवश्यक छ।”

पूर्वसभासदहरूको उक्त पहलले महिला राजनीतिक सहभागिता बढाउन र दलहरूलाई न्यायसंगत उम्मेदवार चयनमा दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]