२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न पूर्वसभासदहरूको माग

Logo
HeroNepal-Tv प्रकाशित सोमबार, कार्तिक २५, २०८२

काठमाडौँ — पहिलो संविधानसभाका चार पूर्वसभासदसहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवारको व्यवस्था गर्न माग गरेको छ।

रेणु चन्द, डा. बिन्दा पाण्डे, अमृता थापामगर र सुनीलबाबु पन्तलगायतको टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रत्यक्ष निर्वाचन प्रणालीमै महिलाको समान सहभागिता सुनिश्चित गर्न कानुनी संशोधन आवश्यक रहेको बताएको हो।

टोलिले भन्यो — “संविधानले समानुपातिक समावेशी सिद्धान्त अवलम्बन गरे पनि निर्वाचन कानुनले त्यो मर्म आत्मसात् गर्न सकेको छैन। त्यसैले, आवश्यक परे अध्यादेशमार्फत् संशोधन गरेर ५० प्रतिशत महिला उम्मेदवारको ग्यारेन्टी गर्नुपर्छ।”

उनीहरूले हालको कानुनमा बाध्यकारी प्रावधान नहुँदा दलहरूले प्रत्यक्ष प्रणालीमा महिलालाई टिकट दिन टार्ने प्रवृत्ति देखिएको गुनासो गरे।

प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलका मागबारे मन्त्रिपरिषदमा छलफल गर्ने प्रतिबद्धता जनाउँदै भनिन् —

“निर्वाचन खर्चिलो हुँदै गएको छ, जसले भ्रष्टाचार र चुनावी बेथिति बढाएको छ। त्यसकारण खर्चिलो निर्वाचन रोक्ने उपायतर्फ पनि सोच्न आवश्यक छ।”

पूर्वसभासदहरूको उक्त पहलले महिला राजनीतिक सहभागिता बढाउन र दलहरूलाई न्यायसंगत उम्मेदवार चयनमा दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]