०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

नेपाल काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा उपविजेता

Logo
HeroNepal-Tv प्रकाशित सोमबार, कार्तिक २५, २०८२

काठमाडौँ — नेपालले श्रीलंका, नोभेम्बर ३ (हिरो नेपाल टिभी) । कोलम्बोमा सम्पन्न सेन्ट्रल एसियन भलिबल संघ (काभा) यू–१९ महिला भलिबल च्याम्पियनसिपमा नेपालले उपविजेता स्थान हात पारेको छ।

आइतबार भएको रोमाञ्चक फाइनल खेलमा नेपाल किर्गिस्तानसँग ३–२ सेटले पराजित भएको थियो। पहिलो सेट जित्दै उत्कृष्ट सुरुवात गरे पनि नेपाल त्यसपछि दबाबमा परेको थियो।

नेपालले पहिलो सेट २५–२२ ले जितेको थियो, तर दोस्रो र तेस्रो सेटमा क्रमशः २५–२ र २५–२१ ले पराजित भयो। चौथो सेटमा पुनरागमन गर्दै नेपालले २५–१३ ले जित्दै खेललाई निर्णायक सेटसम्म पुर्‍यायो। तर अन्तिम सेटमा नेपाल १५–११ ले पराजित हुँदै उपाधिबाट चुक्यो।

यसअघि समूह चरणमै नेपाल किर्गिस्तानसँग ३–२ सेटले पराजित भएको थियो। चार टोली सहभागी प्रतियोगिताको समूह चरणमा नेपालले श्रीलंकालाई ३–१ र माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो।

सेमिफाइनलमा पनि नेपालले पुनः माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

किर्गिस्तानविरुद्धको संघर्षपूर्ण फाइनलमा नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि भाग्यसँग हार्नुपरेको प्रशिक्षक दलले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]