१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

नेपाल काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा उपविजेता

Logo
HeroNepal-Tv प्रकाशित सोमबार, कार्तिक २५, २०८२

काठमाडौँ — नेपालले श्रीलंका, नोभेम्बर ३ (हिरो नेपाल टिभी) । कोलम्बोमा सम्पन्न सेन्ट्रल एसियन भलिबल संघ (काभा) यू–१९ महिला भलिबल च्याम्पियनसिपमा नेपालले उपविजेता स्थान हात पारेको छ।

आइतबार भएको रोमाञ्चक फाइनल खेलमा नेपाल किर्गिस्तानसँग ३–२ सेटले पराजित भएको थियो। पहिलो सेट जित्दै उत्कृष्ट सुरुवात गरे पनि नेपाल त्यसपछि दबाबमा परेको थियो।

नेपालले पहिलो सेट २५–२२ ले जितेको थियो, तर दोस्रो र तेस्रो सेटमा क्रमशः २५–२ र २५–२१ ले पराजित भयो। चौथो सेटमा पुनरागमन गर्दै नेपालले २५–१३ ले जित्दै खेललाई निर्णायक सेटसम्म पुर्‍यायो। तर अन्तिम सेटमा नेपाल १५–११ ले पराजित हुँदै उपाधिबाट चुक्यो।

यसअघि समूह चरणमै नेपाल किर्गिस्तानसँग ३–२ सेटले पराजित भएको थियो। चार टोली सहभागी प्रतियोगिताको समूह चरणमा नेपालले श्रीलंकालाई ३–१ र माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो।

सेमिफाइनलमा पनि नेपालले पुनः माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

किर्गिस्तानविरुद्धको संघर्षपूर्ण फाइनलमा नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि भाग्यसँग हार्नुपरेको प्रशिक्षक दलले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]