०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

समाचार

राप्रपा ले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा घाइते भएका डाँगीको मृत्यु

प्रजातन्त्र  (राप्रपा)ले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ। राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएकाे राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा प्रदर्शन गरेकाे थियाे। प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले […]

सुर्खेत । नेकपा एमाले ठाँटीकाँध गाउँ कमिटी दैलेखले २०८१ साललाई युथ प्रोफाइल निर्माण वर्षको रुपमा मनाउने निर्णय गरेको छ। गत चैत २८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। गाउँ कमिटी सचिव रमेश विकले १८ वर्षदेखि ४० वर्ष उमेर सम्मका युवाहरूको सर्वपक्षीय विवरण संकलन गरि २०८१ लाई युथ प्रोफाइल संकलन वर्षको रूपमा मनाउने निर्णय भएको […]

काठमाण्डाै :  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज (साेमबार) ब्रेक थ्रू हुँदैछ। नागढुङ्गा सुरुङ निर्माण परियोजनाले एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको जनाएकाे छ। सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदैछन्। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ। […]

काठमाडौं । इंग्ल्यान्डको पाँचौं डिभिजनको क्लबसँग खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नेपाली टिम सार्वजनिक गर्दा आयुष घलान, दीप कार्की र सुरजज्यू ठकुरीलाई भने बोलाएको छैन । प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनिसले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । यसअघि बहराइनसँग फिफा विश्वकप छनोट खेलेको […]

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सरकारी विद्यालयलाई आग्रह गरेको छ । नगरपालिकामा भर्नाको नाममा चरम रकम असुली गरिरहेको गुनासो पुगेपछि नगरपालिकाले त्यस्ता कार्य गर्ने, गराउने संस्थालाई तत्काल कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको हो । शिक्षा नियमावली अनुसार कुनै एउटा कक्षामा शुल्क लिई भर्ना गरिसकेपछि अर्को […]

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। आन्द्राभरैयाका चार बालक घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेलामा […]

काठमाडौँ : नेपाल र पाहुना टोली वेस्ट इन्डिज ‘ए’बीच हुने टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ५ टी–२० शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। क्यानका अनुसार शृंखलाको पहिलो खेल २७ अप्रिलमा हुनेछ। दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाँचौँ तथा […]

पोखरा : बेरोजगार नागरिकहरूलाई रोजगारीको अवसर खोजी गर्न गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासँग मिलेर रोजगार मेला गर्ने भएको छ । वैशाख १० गतेदेखि वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजना गर्न लागिएको सरकारले जनाएको छ । मेला पोखरा सभागृहमा ३ दिनसम्म चल्नेछ । मेला कामदार र रोजगारदाताबिचको मिलनका रूपमा चलाइने प्रचार संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए […]

सुर्खेत । मुगुको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख रिमालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आर्थिक वर्ष २०७८/०७९ मा सोरु गाउँपालिका–५ मा सिँचाइ आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु समेतको मिलेमतोमा आयोजनाको रकम हिनामिना गरेको उनीमाथि आरोप छ। सो […]

स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत (आइताबार) आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ। बोर्डले कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले उपचार खर्चको २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए। ‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि हामीले […]