०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

एक पटक भर्ना भएका विद्यार्थीबाट पुनः भर्ना शुल्क लिन नपाइने ,लिए तत्काल कारवाही हुने

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०२, २०८१

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सरकारी विद्यालयलाई आग्रह गरेको छ । नगरपालिकामा भर्नाको नाममा चरम रकम असुली गरिरहेको गुनासो पुगेपछि नगरपालिकाले त्यस्ता कार्य गर्ने, गराउने संस्थालाई तत्काल कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको हो ।

शिक्षा नियमावली अनुसार कुनै एउटा कक्षामा शुल्क लिई भर्ना गरिसकेपछि अर्को कक्षाहरुमा पुनः भर्ना शुल्क नलिन भन्दै नगरपालिकाले नियमावली विपरित जानेलाई कडा कारवाही गर्ने नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले चेतावनी दिएका छन् ।

नगरपलिकाले संस्थागत विद्यालयको भर्ना तथा शुल्क निर्धारण वर्गिकरणको लागि निर्देशिका बनाएर जाने प्रयास गरिरहेकोसमेत बताएको छ । भर्नाको नाममा यदि नियम भन्दा बाहिर रहेर रकम लिएको पाइएमा नियम अनुसार कारवाही गर्ने र रकम फिर्तासम्म गराउने नगरपालिकाको भनाई छ ।

नगरपालिकाले अनुमति लिएका कक्षाहरुमात्र अनिवार्य सञ्चालन गर्ने, विद्यालयमा विद्यार्थीको पोशाक तथा पुस्तक एवम् अन्य सामाग्रीहरु खरिद गर्न बाध्य नपार्ने, विद्यालय हाता र कक्षाकोठा सरसफाई तथा व्यवस्थापन गर्ने कार्यलाई बालमैत्री, सिकाइमैत्री र प्रविधिमैत्री बनाउने कार्यमा जोड दिन पनि आग्रह गरेको छ ।

बालविकासदेखि कक्षा १२ सम्म परिमार्जन गरिएको राष्ट्रिय पाठ्यक्रम र नगरपालिकाले विकास गरेको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम ‘हामी र हाम्रो वीरेन्द्रनगर’ र पाठ्यसामाग्रीको अनिवार्य रुपमा प्रयोग गर्न गराउन आग्रह गरेको छ ।

कर्णाली प्रदेशको राजधानीकाे वीरेन्द्रनगर नगरपालिका भित्र ९४ वटा संस्थागत र २३ वटा मन्टेश्वरी विद्यालयहरु रहेका छन् । शैक्षिक सत्र २०८१ को लागि आज (आईतबार) बाट दशैभर भर्ना अभियान सुरु गरिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]