२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

इंग्ल्यान्डको पाँचौं डिभिजनको क्लबसँग खेल्ने नेपाली फुटबल टिमको घोषणा

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख ०३, २०८१

काठमाडौं । इंग्ल्यान्डको पाँचौं डिभिजनको क्लबसँग खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नेपाली टिम सार्वजनिक गर्दा आयुष घलान, दीप कार्की र सुरजज्यू ठकुरीलाई भने बोलाएको छैन ।

प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनिसले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । यसअघि बहराइनसँग फिफा विश्वकप छनोट खेलेको टिमलाई नै प्रशिक्षक भिन्चेन्सोले निरन्तरता दिएका छन् । यसअघि व्यक्तिगत कारणले टिमबाहिर रहेका भएका रोहित चन्द र जिलेस्पीजंग कार्की टिममा फर्किएका छन् ।

किरणकुमार चेम्जोङ कप्तान रहेको टिमको गोलकिपरमा अभिषेक बराल, विशाल सुनार र सन्तोष महत छन् । डिफेन्डरमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छन् ।

त्यसैगरी, मिडफिल्डरहरु भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहण कार्की छन् । टिमको फरवार्डमा अञ्जन विष्टसँगै दिनेश हेन्जन, हिसुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट र राजेश परियार रहेका छन् । बन्द प्रशिक्षण वैशाख १० गते सुरु हुनेछ । नेपाल र इंग्ल्यान्ड ‘सी’ बीचको खेल वैशाख २४ गते हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]