०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

इंग्ल्यान्डको पाँचौं डिभिजनको क्लबसँग खेल्ने नेपाली फुटबल टिमको घोषणा

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख ०३, २०८१

काठमाडौं । इंग्ल्यान्डको पाँचौं डिभिजनको क्लबसँग खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नेपाली टिम सार्वजनिक गर्दा आयुष घलान, दीप कार्की र सुरजज्यू ठकुरीलाई भने बोलाएको छैन ।

प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनिसले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । यसअघि बहराइनसँग फिफा विश्वकप छनोट खेलेको टिमलाई नै प्रशिक्षक भिन्चेन्सोले निरन्तरता दिएका छन् । यसअघि व्यक्तिगत कारणले टिमबाहिर रहेका भएका रोहित चन्द र जिलेस्पीजंग कार्की टिममा फर्किएका छन् ।

किरणकुमार चेम्जोङ कप्तान रहेको टिमको गोलकिपरमा अभिषेक बराल, विशाल सुनार र सन्तोष महत छन् । डिफेन्डरमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छन् ।

त्यसैगरी, मिडफिल्डरहरु भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहण कार्की छन् । टिमको फरवार्डमा अञ्जन विष्टसँगै दिनेश हेन्जन, हिसुब थपलिया, समीर तामाङ, सञ्जीव विष्ट र राजेश परियार रहेका छन् । बन्द प्रशिक्षण वैशाख १० गते सुरु हुनेछ । नेपाल र इंग्ल्यान्ड ‘सी’ बीचको खेल वैशाख २४ गते हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]