०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मुगुको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय प्रमुख रिमालविरुद्ध भ्रष्टाचार मुद्दा

Logo
हिरोनेपाल प्रकाशित आइतबार, बैशाख ०२, २०८१

सुर्खेत । मुगुको खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख रिमालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७८/०७९ मा सोरु गाउँपालिका–५ मा सिँचाइ आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु समेतको मिलेमतोमा आयोजनाको रकम हिनामिना गरेको उनीमाथि आरोप छ।

सो सम्बन्धमा अनुसन्धान हुँदा रिमालले सोरु गाउँपालिका वडा नं. ५ स्थित नेर सिँचाइ आयोजनाको पाइपलाइनको कार्य १७०० मिटर हुनुपर्नेमा ८१२.५ मिटर मात्र भई ८८७.५ मिटर फिल्डमा कम भएको कामलाई पनि झुट्टा नापी किताब, पहिलो र दोस्रो बिल स्वीकृत गरी ५ लाख ६१ हजार ४८१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी गरी उपभोक्ता समितिलाई गैरकानूनी लाभ र सरकारलाई हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ।

उनीविरुद्ध हिनामिना भएको रकम बिगो कायम गरी कैद र जरिवाना गरी बिगो असुलउपर हुन मागदाबी लिइएको छ।

यस्तै, सव–इन्जिनियर नरबहादुर लावडले फिल्डमा नभएको कामको पनि भएको भनी झुट्टा नापी किताब, पहिलो र दोस्रो बिल तयार गरी पेश गरी उपभोक्ता समितिलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको देखिँदा उनीबिरुद्धसमेत आरोप पत्र दायर गरिएको छ।

यसैगरी, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीले सम्झौता बमोजिम लागत अनुमानभन्दा कम काम गरी फिल्डमा नभएको कामको पनि भएको भनी भुक्तानीको लागि झुट्टा बिल पेस गरी ५ लाख ६१ हजार ४८१.९५ रुपैयाँ बढी भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध पनि मुद्दा दायर गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]