०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

बेरोजगारलाई रोजगारीको अवसर खोजी गर्न गण्डकी रोजगार मेला लाग्ने

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०२, २०८१

पोखरा : बेरोजगार नागरिकहरूलाई रोजगारीको अवसर खोजी गर्न गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासँग मिलेर रोजगार मेला गर्ने भएको छ । वैशाख १० गतेदेखि वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजना गर्न लागिएको सरकारले जनाएको छ । मेला पोखरा सभागृहमा ३ दिनसम्म चल्नेछ ।

मेला कामदार र रोजगारदाताबिचको मिलनका रूपमा चलाइने प्रचार संयोजक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए । ‘बेरोजगारलाई रोजगारी दिने र रोजगारदातालाई कामदार खोज्ने साझा थलो हो,’ उनले भने, ‘कम्तीमा ३ सय व्यक्तिले रोजगारी पाउने अपेक्षा छ ।’ रोजगारीसँगै वृत्ति परामर्शको काम पनि मेलामा हुनेछ ।

शिक्षा, तालिम, सीप परीक्षण, औद्योगिक प्रशिक्षार्थी तालिम जस्ता विषयमा विद्यार्थी र अभिभावकका लागि वृत्ति परामर्श सेवा उपलब्ध गराइने आचार्यले बताए । गण्डकी क्षेत्रमा सबैभन्दा बढी पर्यटनमा काम गर्ने दक्ष कामदारको अभाव रहेको सरकारले जनाएको छ । गाडी चालकदेखि गाइडसम्मको खोजी रहेको आचार्यले बताए ।

मेलामा कृषि, पर्यटन, स्वास्थ्य, उद्योग, ईक्यान, कला संस्कृति, इन्जिनियरिङ, शैक्षिक प्रतिष्ठान, निर्माण व्यवसाय, आइटी व्यवसाय, मुद्रण व्यवसाय, अटो मोवाइल्स, अडिटर एसोसियसन, बैंक तथा वित्तीय संस्था, घरेलु तथा साना उद्योग, नव उद्यमी व्यवसाय, नव प्रवर्तनात्मक अभ्यास, विद्यालय क्याम्पस, विश्वविद्यालय, तालिम तथा रोजगारदाता संस्थाहरू लगायतले स्टल राख्नेछन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]