०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

राप्रपा ले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा घाइते भएका डाँगीको मृत्यु

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख ०३, २०८१

प्रजातन्त्र  (राप्रपा)ले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ।

राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएकाे राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा प्रदर्शन गरेकाे थियाे। प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले हानेको अश्रुग्यास उनलाई लागेकाे थियाे। अश्रुग्यास लागेर उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि छाउनी अस्पतालमा भर्ना गरिएकाे थियाे।उपचारका क्रममा उनको सोमबार मृत्यु भएको हाे।

प्रवक्ता श्रेष्ठका अनुसार डाँगीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार मध्याह्न १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]