काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि सामाजिक सञ्जालमा प्रश्न उठाएपछि एमाले नेता तथा पूर्व कोशी प्रदेश सांसद बिमल कार्कीलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ । एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्कीमाथि निलम्बन गर्ने निर्णय प्रदेश कमिटी बैठकले अनुमोदन गरेको हो । राजनीतिक गतिविधि र पार्टीको नीति विपरीत सामाजिक सञ्जालमा टिप्पणी […]
काठमाडौं, । आज समाजवादी मोर्चाको बैठक बस्ने भएको छ ।बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका ४ दलले पुनः समाजवादी मोर्चालाइ सक्रिय बनाउनका लागि आज बैठक बोलाइएको छ ।जसका लागि चार दल आबद्द समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बसेको थियो । नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठसहित नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत लगिदैँछ । लामिछानेको तर्फवाट थुनछेक बहस सकिए पनि जाहेरीवालाकोतर्फवाट भइरहेको थुनछेक बहस नसकिए पछि उनी गत आइतवार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ । बहस नसकिएको भन्दै आइतवार र सोमवार […]
बाल गायक सचिन परियारको आज बिहान १० बजे नै निधन भएको खबर उनकै बाबा तेजेन्द्र परियारले जानकारी दिएका छन । सचिन केही हप्ता देखि बिरामी थिए।
काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् । कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित […]
सुर्खेत । दैलेखको ठाटिकाँध गाउँपालिकामा रहेको श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आज एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । जिल्लाकै एक नमुना सहकारीको रुपमा रहेको उक्त सहकारी संस्थाले कृषि क्षेत्रमा स्थानियबासीलाई व्यवसायि बनाउने उद्धेश्यका साथ स्थापना काल देखी नै ठाटिकाँध गाउँपालिकाको सबै वडाहरुमा कार्यक्षेत्र बनाउदै उल्लेखनिय काम […]
सुर्खेत । बाजुरा जिल्लाको पूर्वी–उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के […]
पोखरा- सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३० औँ महानगर दिवस मनाएको हो । दिवस मनाउँदै काठमाडौं महानगरपालिकका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाउनमा सहयो गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाउने […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, […]