०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

१२ कक्षा को मौका परीक्षा नतिजा सार्वजनिक, ७० प्रतिशत पास भए

काठमाडौं । कक्षा-१२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डको आजको निर्णयानुसार परीक्षा नतिजा प्रकाशित गरेको हो। परीक्षा बोर्डका अनुसार परीक्षार्थी संख्या एक लाख २२ हजार एक सय ७१ जना थिए। जसमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत ग्रेड प्राप्त गरेका छन्। २ जनाको परीक्षाफल रद्द […]

काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी एकताबद्ध भए ०६४ दोहोरिने बताएका छन् । ०६४ चैतमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) झण्डै बहुमत सिटसहित पहिलो दल बनेको थियो । चितवनको भरतपुर–१३ मा माओवादीका बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणका लागि आयोजित जनसांस्कृतिक कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो […]

मलेसिया ।  मलेसिया सरकारले  मलेसियामा  कार्यरत सबै कामदारको न्युनतम पारिक्ष्रमिक “बेसिक सेलरी” बढाउने घोषणा गरेको छ । मलेसिया सरकारको प्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका  श्री अनवर बिन इब्राहिमले यहीँ अक्टोबर १८ तारिख शुक्रवार देवान राकयात हल क्वालालम्पुरमा बसेको संसद बैठकमार्फत आगामी आर्थिक बर्षको लागि बजेट भाषण दिने क्रममा सबै निकायसंगको सहमतिमा यस्तो निर्णय पारित भएको […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहेको तर राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने […]

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन आरोपमा पक्राउ गरिएको छ। उनलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सहकारीको रकम अनियमितता गरेको आरोपमा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो। कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले लामिछानेलाई पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयको अनुरोधपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रहरी […]

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ […]

सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले रविलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको एक उच्च प्रहरी अधिकृतले लोकान्तरलाई जानकारी दिए ।   गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ ।   उनीमात्रै होइन, उनका पार्टनर एवं गोरखा मिडियाका […]

कमला २४ असोजमा सुरक्षित डेलिभरीका लागि कैलालीको धनगढी गएकी थिइन् । साथमा उनका श्रीमान् र गर्भवती छोरीको स्याहार गर्न आमा जैमती पनि धनगढी गएकी थिइन्। सोमबार कमलाले छोरालाई जन्म दिइन्। पहिलो सन्तान जन्म दिएपछि बोहरा परिवारमा खुसीयाली छाएको थियो । तर, उनीहरूको खुसी ४८ घण्टा पनि टिक्न पाएन । मंगलबार राति १२ बजेतिर डडेल्धुरामा बस […]

काठमाडौँ । कलाकार केदार घिमिरे उर्फ माग्नेबुढाले आफूले एक कार्यक्रममा आवेगमा आएर ‘साइबर सेना’ शब्द प्रयोग गरेको भन्दै माफी मागेका छन् । परिस्थिति बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्थामा फरक महसुस गरेको भन्दै आइतबार उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै माफी मागेका हुन् । उनले लेखेका छन्, ‘आज म मेरो बिरामी बुवालाई भेट्न गाउँ आएको […]