२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

पालिकामा पत्रकार गुप्ताको आतंक।

Logo
Krishna Gupta प्रकाशित शुक्रबार, बैशाख ०५, २०८२

कलैया । बारा सिम्रौनगढ नगरपालिका बाराको १६ हो स्थानीय तहमा ऐतिहासिक नगरपालिका भनिने सिम्रौनगढ नगरपालिका नै हुन् ।

स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित भएका वर्तमान मेयर किशोरी प्रसाद कलवार विवादमा आइरहेको र अहिलेको अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्य वार्ड अध्यक्ष वार्ड सदस्य लगायतका व्यक्तित्वहरूलाई समेटिएर अगाडि बढ्ने क्रममा नगरपालिकाको विकासको लागि अगाडि बढ्दै गर्दै हुनुहुन्छ ।

अहिलेको अवस्थामा सिम्रौनगढ नगरपालिका विकासको सिलसिलामा अगाडि बढ्दै गएका छन्। जस्तो खानेपानी को नगरस्तरीय योजनाको कामहरु तथा वडा स्तरीयको कामहरु द्रुतगतिमा भइरहेको स्थानीयले बताउँछन्। साथै दुई बर्ष देखी थप भएको योजनाहरू प्रमुख प्रशासकीय अधिकृत हरिओम जस्वालले आएदेखि अगाडि बढाउँदै गएका छन्।

जस्तै सिम्रौनगढ नगरपालिकाको प्रशासनिक भवन, पन्द्रह बेडको नगर अस्पताल दुई हजार म्याट्रिक टनको कृषि गोदाम घरको, बहुभाषीय योजनाहरुको निर्माण कार्य भइरहेको अवस्था देखिएको छ। जस्तै शिक्षा र स्वास्थ्यमा सुधार भएको स्थानीयले बताउँछन्।

११ वटा विद्यालयहरुमा भवन तथा वाल कम्पाउन्ड को कार्यहरु द्रुत गतिमा अगाडी बडै गएका छन । विकासको कार्य अगाडि बढ्दै गएमा माइन्ड डाइभर्ट गर्नको लागि स्थानीय पत्रपत्रिकामा भ्रामिक खबरहरू छाप्दै आएको प्रमुख प्रशासकीय अधिकृतले बताउँछन्।

स्थानीय पत्रिका मिलन राष्ट्रिय दैनिकले बिना कार्यादेशको पत्रिकामा सन्देशमूलक सूचना छापेर भुक्तानी माग्दा भुक्तानी नदिएपछि सिम्रौनगढ नगरपालिकालाई बदनाम गर्ने नियतले भ्रामिक खबरहरू छाप्दै आएको अधिकृत जसवालले बताउँछन्।

म चढ्दै आएको गाडीलाई मेरो आफ्नै गाडी हो भन्दै महँगो भाडा दर सम्झौता भएको भ्रामिक खबर छापिएको र मेरो चरित्र हत्या गर्ने जस्तै खबर छापेको खबरप्रति घोर निन्दा पनि गर्दैछु। र त्यो गाडी मेरो होइन भन्दै प्रमुख प्रशासकीय अधिकृत जयस्वालले बताउँछन्।

यस्तो चन्द पैसाको लोभले खबर छाप्दै आएको पत्रकारमाथि नै प्रश्न चिन्ह उठेको अहिलेको अवस्था देखिएको छ। पत्रकार मित्रहरूलाई आग्रह गर्न चाहन्छौं । कुनै पनि भ्रामिक खबर नछापी यदि प्रमाण छ भने कसैसँग नडराई निडर भएर खबर छाप्दा राम्रो हुन्छ र पत्रकारमाथि प्रश्न पनि उठ्दैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]