०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्त्याउने प्याब्सनको चेतावनी

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख १५, २०८२

काठमाडौँ, वैशाख १५ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ।

तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण रोकिएको अवस्थाले शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्त्याउने चेतावनी दिएको प्याब्सनले शिक्षालाई अनिश्चितताबाट मुक्त गर्न वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा शिक्षा ऐनको तर्जुमा प्रक्रियालाई तीव्र बनाउँदै दीर्घकालीन समाधानको बाटो पहिचान गर्न सरकारसँग आग्रह गरिएको छ । साथै, शिक्षक महासङ्घलाई पनि सहजीकरणका उपाय अवलम्बन गर्दै निकास खोज्न अनुरोध गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]