२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

मलेसियाको मलाकामा आगामी जुन ७ र ८ मा सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुदै।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, चैत्र २४, २०८१

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको मात्र सहभागिता रहनेछ। आयोजक सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले मलेसियामा रहेका सम्पूर्ण भलिबल टिम तथा खेलाडीहरूलाई शीघ्र सम्पर्क गरी आफ्नो टिम दर्ता गर्न हार्दिक अनुरोध गरेको छ।

प्रतियोगिता तामान बाँचाङ जया, मलाका, मलेसिया मा आयोजना हुनेछ।
टिम दर्ताको अन्तिम म्याद: २०२५ मे ३० सम्म मात्र रहेकाे छ,भने टिम दर्ता निःशुल्क हुनेछ।

पुरस्कारहरू:

पहिलो पुरस्कार: नगद RM ३३३३, ट्रफी, मेडल र प्रमाणपत्र

दोश्रो पुरस्कार: नगद RM २२२२, ट्रफी, मेडल र प्रमाणपत्र

तेस्रो पुरस्कार: नगद RM ११११, ट्रफी, मेडल र प्रमाणपत्र

खेलसम्बन्धी जानकारी:

खेलकाे गोलाप्रथा हुने मिति: २०२५ जुन ७, विहान १०:०० बजे

खेल सुरु हुने समय: २०२५ जुन ७, विहान १०:०० बजे देखी

खेल नियम: वर्तमान मान्य नियमअनुसार खेल संचालन गरिनेछ

कुल टिम संख्याः १२ टिम (मलाकाभित्रबाट ६ टिम र बाहिरबाट ६ टिम)

मलाकाबाहिरबाट आउने टिमलाई जितेपछि  बस्नको व्यवस्थापन आयोजकले गर्नेछ। तर,खाना र  यातायात खर्चकाे जिम्मेवारी टिम आफैंले गर्नु पर्नेछ।

सम्पर्क:

अर्जुन लावती: ०१०२४४४३२६

प्रदीप बोहोरा: ०१०२२२९९२०

संयोजक टोली:

खेल संयोजक: सुवास राई, झनक बस्नेत, विरेन्द्र विसी, उमेश सुनाम

सल्लाहकार: रविन्द्र श्रेष्ठ, देउकुमार गुरुङ

कोषाध्यक्ष: दीप्सन राई

महासचिव: भूपेन्द्र दशौंदी, अर्जुन लावती

अध्यक्ष: प्रदीप बोहोरा

उपाध्यक्ष: दीपक ढुंगेल

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिरो नेपाल टिभी को फेसबुक पेज र युट्युब च्यानल बाट एकैसाथ हेर्न सकिनेछ।
विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम मानिनेछ।

सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसिया
— आयोजक संस्था

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]