०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मलेसियाको मलाकामा आगामी जुन ७ र ८ मा सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुदै।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, चैत्र २४, २०८१

मलाका मलेसिया । मलेसियाको मलाकामा आगामी २०२५ जुन ७ र ८ तारिख (शनिबार र आइतबार) सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। मलेसियामा रहेका नेपाली प्रवासीहरूलाई एउटै मञ्च  सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले हरेक वर्षझैं यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

स्वर्गीय जीवन मगरको स्मृतिमा समर्पित यस प्रतियोगितामा सीमित टिमहरूको मात्र सहभागिता रहनेछ। आयोजक सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसियाले मलेसियामा रहेका सम्पूर्ण भलिबल टिम तथा खेलाडीहरूलाई शीघ्र सम्पर्क गरी आफ्नो टिम दर्ता गर्न हार्दिक अनुरोध गरेको छ।

प्रतियोगिता तामान बाँचाङ जया, मलाका, मलेसिया मा आयोजना हुनेछ।
टिम दर्ताको अन्तिम म्याद: २०२५ मे ३० सम्म मात्र रहेकाे छ,भने टिम दर्ता निःशुल्क हुनेछ।

पुरस्कारहरू:

पहिलो पुरस्कार: नगद RM ३३३३, ट्रफी, मेडल र प्रमाणपत्र

दोश्रो पुरस्कार: नगद RM २२२२, ट्रफी, मेडल र प्रमाणपत्र

तेस्रो पुरस्कार: नगद RM ११११, ट्रफी, मेडल र प्रमाणपत्र

खेलसम्बन्धी जानकारी:

खेलकाे गोलाप्रथा हुने मिति: २०२५ जुन ७, विहान १०:०० बजे

खेल सुरु हुने समय: २०२५ जुन ७, विहान १०:०० बजे देखी

खेल नियम: वर्तमान मान्य नियमअनुसार खेल संचालन गरिनेछ

कुल टिम संख्याः १२ टिम (मलाकाभित्रबाट ६ टिम र बाहिरबाट ६ टिम)

मलाकाबाहिरबाट आउने टिमलाई जितेपछि  बस्नको व्यवस्थापन आयोजकले गर्नेछ। तर,खाना र  यातायात खर्चकाे जिम्मेवारी टिम आफैंले गर्नु पर्नेछ।

सम्पर्क:

अर्जुन लावती: ०१०२४४४३२६

प्रदीप बोहोरा: ०१०२२२९९२०

संयोजक टोली:

खेल संयोजक: सुवास राई, झनक बस्नेत, विरेन्द्र विसी, उमेश सुनाम

सल्लाहकार: रविन्द्र श्रेष्ठ, देउकुमार गुरुङ

कोषाध्यक्ष: दीप्सन राई

महासचिव: भूपेन्द्र दशौंदी, अर्जुन लावती

अध्यक्ष: प्रदीप बोहोरा

उपाध्यक्ष: दीपक ढुंगेल

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिरो नेपाल टिभी को फेसबुक पेज र युट्युब च्यानल बाट एकैसाथ हेर्न सकिनेछ।
विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम मानिनेछ।

सगरमाथा युवा क्लब, प्रवास मलाका, मलेसिया
— आयोजक संस्था

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]