०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

साउद सेवा समिति काठमाडौंले गर्यो भव्य कार्यक्रम : साउदहरूकाे बंशावली लेखन अन्तिम चरणमा

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०७, २०८२

काठमाडौं  ।  ०६ बैशाख, २०८२ साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिले नयाँ वर्ष २०८२ को अवसर पारेर शुभकामना आदानप्रदान तथा साउद बन्धुहरुको ऐतिहासिक दस्तावेज बंशावली लेखन सम्बन्धि बृहत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । काठमाडौ उपत्यकामा विभिन्न पेशा र व्यवसायमा आवद्द साउद समुदायका करिब ७० जना व्यक्तित्वहरुको सविशेष उपस्थिति रहेको कार्यक्रम साउद सेवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिका अध्यक्ष कम्मान सिं साउदको अध्यक्षतामा सम्पन्न भएको छ ।       

कार्यक्रममा सुदुरपश्चिम प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष तथा साउद सेवा समितिका केन्द्रिय सल्लाहकार केशर बहादुर साउद, साउद सेवा समितिका केन्द्रीय सल्लाहकार वीर सिं साउद, साउद सेवा समितिका केन्द्रीय सल्लाहकार बखत बहादुर साउद, साउद सेवा समितिका केन्द्रिय उपाध्यक्ष कर्णजित साउद, केन्द्रिय महासचिव बिरेन्द्र सिं साउद, नेपाल विधुत प्राधिकरणका उपनिर्देशक लोकेन्द्र बहादुर साउद, राजिनितिक व्यक्तित्व दिपक बहादुर साउद “तरंग”, सशस्त्र प्रहरी बलका सेवानिवृत्त उपरीक्षक, अधिवक्ता पूर्ण बहादुर साउद, निजामती अस्पतालका प्रशासकिय प्रमुख, पूर्व प्रमुख जिल्ला अधिकारी जोरा सिं माझी, सर्वोच्च अदालतका उपसचिव नेत्र माझी, युवा उधोगपती मान बहादुर साउद, नागार्जुन कलेजका निर्देशक रमेश साउद लागयातका महानुभावहरुको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुले साउद समुदायको बंशावली लेखनको कार्यलाई तिब्रता दिँदै प्रकाशन गर्नको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । बंशावली लेखनको लागि महत्वपूर्ण मानिएको दस्तावेजहरुको लिपिबद्ध गर्ने तथा टाईपिङ गर्ने कामको जिम्मा नेपाल बिधुत प्राधिकरणका उपनिर्देशक लोकेन्द्र बहादुर साउदले लिने वचनबद्धता जाहेर गर्नुभएको थियो ।

कार्यक्रममा बंशावली लेखन कार्यमा संलग्न भई सकृय रहनुभएका साउद सेवा समितिका केन्द्रिय सल्लाहकारद्वय बखत बहादुर साउद र वीर सिं साउदले बंशावली लेखन कार्यको सार संक्षेप प्रस्तुत गर्नुहुँदै आवश्यक सुझाव संकलन गर्ने र टिपोट गर्ने कार्य गर्नुभएको थियो । कार्यक्रममा साउद सेवा समितिका केन्द्रिय महासचिव वीरेन्द्र सिं साउद र साउद सेवा समितिका केन्द्रिय सल्लाहकार केशर बहादुर साउदले महत्त्वपूर्ण मन्तव्य व्यक्त गर्नुभएको थियो ।

ललितपुरको शंखपार्क स्थित नागार्जुना कलेजमा सम्पन्न कार्यक्रमको संचालन साउद सिवा समिति काठमाडौ उपत्यका जिल्ला कार्यसमितिका सचिव रुपेश साउदले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]