२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

मलेसियामा अवैधानिक कामदार घरफिर्ती कार्यक्रम पुनह सुरु ५००, रिंगेट तिरेर घर फर्कीन मिल्ने

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, जेठ ०३, २०८२

मलेसिया । मलेसिया सरकारले मलेसियमा अवैधानिक हैसियतमा रहेका आप्रवासी कामदारलाइ स्वदेशफिर्ती कार्यक्रम २.० (PRM 2.O) बुङ्कुस आगामी सोमबारदेखि अर्को बर्ष सन् २०२६ को अप्रिल ३० सम्म सुचारु गर्ने भएको छ ।

यस् कार्यक्रममार्फत मलेसियाकाे गृहमन्त्रालयका हनुसार अवैधानिक आममाफी कार्यक्रम माफर्त अवैध आप्रवासीहरू  स्वेच्छिक रूपमा आफैंले नजिकैको कुनै पनि अध्यागमन विभागमा उपस्थित भैइ बिना कुनै डर र त्रासमा जरिवाना बापतको रकम तिरेर स्वदेश फर्किन मिल्ने छ ।

“अब अवैधानिक विदेशी कामदार हरुले जम्मा आरएम ५०० रिंगेट तिरेर आफ्नो देश फर्किन पाउनेछ्न। साथै काम गर्दागर्दै भिसा नलागेर ओभरस्टे भएको अथवा अध्यागमनद्वारा जारी गरिएको पासको म्याद सकिएपछि पनि अवैधानिक हुन पुगेकाहरुलाई पनि स्वहि रकम  लग्नेछ ।”

तर भिसा सम्बन्धि सर्तहरू उल्लङ्घन गरेको खण्डमा आरएम ३०० रिंगेट कम्पाउन्ड जरिवाना तिर्नुपर्नेछ । यसको अर्थ कुनै पनि विदेशी मलेसियाभित्र अर्कै उद्देश्यका लागि प्रवेश गरेको तर उसले अर्कै क्षेत्रमा काम गरिरहेको छ भने उक्त रकम त्यस्तो ब्यक्तिहरूले मात्र  तिर्नुपर्नेछ”।

मलेसियामा कार्यरत अवैधानिक कामदार स्वदेश फर्किन मिल्ने भएपछि नेपाली कामदारहरु पनि लाभान्वित हुने भएकाछन । नेपाली श्रमिकहरुले पनि अब पासपोर्ट अथवा ट्राभल डकुमेन्ट सहित नजिकैको कुनै पनि अध्यागमन कार्यालयमा गैइ जरिवाना तिरेर स्वदेश फर्किन पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]