०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मलेसियामा अवैधानिक कामदार घरफिर्ती कार्यक्रम पुनह सुरु ५००, रिंगेट तिरेर घर फर्कीन मिल्ने

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, जेठ ०३, २०८२

मलेसिया । मलेसिया सरकारले मलेसियमा अवैधानिक हैसियतमा रहेका आप्रवासी कामदारलाइ स्वदेशफिर्ती कार्यक्रम २.० (PRM 2.O) बुङ्कुस आगामी सोमबारदेखि अर्को बर्ष सन् २०२६ को अप्रिल ३० सम्म सुचारु गर्ने भएको छ ।

यस् कार्यक्रममार्फत मलेसियाकाे गृहमन्त्रालयका हनुसार अवैधानिक आममाफी कार्यक्रम माफर्त अवैध आप्रवासीहरू  स्वेच्छिक रूपमा आफैंले नजिकैको कुनै पनि अध्यागमन विभागमा उपस्थित भैइ बिना कुनै डर र त्रासमा जरिवाना बापतको रकम तिरेर स्वदेश फर्किन मिल्ने छ ।

“अब अवैधानिक विदेशी कामदार हरुले जम्मा आरएम ५०० रिंगेट तिरेर आफ्नो देश फर्किन पाउनेछ्न। साथै काम गर्दागर्दै भिसा नलागेर ओभरस्टे भएको अथवा अध्यागमनद्वारा जारी गरिएको पासको म्याद सकिएपछि पनि अवैधानिक हुन पुगेकाहरुलाई पनि स्वहि रकम  लग्नेछ ।”

तर भिसा सम्बन्धि सर्तहरू उल्लङ्घन गरेको खण्डमा आरएम ३०० रिंगेट कम्पाउन्ड जरिवाना तिर्नुपर्नेछ । यसको अर्थ कुनै पनि विदेशी मलेसियाभित्र अर्कै उद्देश्यका लागि प्रवेश गरेको तर उसले अर्कै क्षेत्रमा काम गरिरहेको छ भने उक्त रकम त्यस्तो ब्यक्तिहरूले मात्र  तिर्नुपर्नेछ”।

मलेसियामा कार्यरत अवैधानिक कामदार स्वदेश फर्किन मिल्ने भएपछि नेपाली कामदारहरु पनि लाभान्वित हुने भएकाछन । नेपाली श्रमिकहरुले पनि अब पासपोर्ट अथवा ट्राभल डकुमेन्ट सहित नजिकैको कुनै पनि अध्यागमन कार्यालयमा गैइ जरिवाना तिरेर स्वदेश फर्किन पाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]