०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मलेसियामा नेपाली श्रमिकका लागि रोजगारी खुला हुँदै, चार क्षेत्रमा कोटा स्वीकृतिको प्रक्रिया सुरु

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, बैशाख १२, २०८२

क्वालालम्पुर, बैशाख १२ – मलेसिया सरकारले नेपाली श्रमिकहरूका लागि रोजगारीकाे ढोका खुला गर्ने संकेत दिएको छ। नेपाली राजदूतावास, क्वालालम्पुरले बैशाख १२ गते सूचना जारी गर्दै सेवा, कृषि, बगैँचा (Plantation) र निर्माण(Construction) क्षेत्रका लागि श्रमिक कोटा स्वीकृतिको प्रक्रिया अगाडि बढेको जानकारी गराएको हो।

सूचना अनुसार सेवा क्षेत्रमा थोक तथा खुद्रा व्यापार, गोदाम व्यवस्थापन, सुरक्षा गार्ड, नाइ (Barbers), सुनचाँदी तथा कपडा सम्बन्धी काम, वस्त्र उद्योग (Textile) र पर्यटन क्षेत्र रहेका छन्।

कृषि क्षेत्रमा जलकृषि (Aquaculture Fisheries) र पशुपालन (Livestock) रहेका छन्। यस्तै बगैँचा क्षेत्रनिर्माण क्षेत्र पनि कोटा स्वीकृतिमा परेको उल्लेख छ।

राजदूतावासले मलेसिया सरकारबाट प्राप्त सूचनाका आधारमा कोटा स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको र अर्को सूचना नभएसम्मका लागि यस्तै व्यवस्था कायम रहने स्पष्ट पारेको छ।

यस सूचनाले मलेसिया रोजगारी खोजिरहेका नेपाली युवाहरूमा आशा पलाएको छ। अब मलेसिया जान चाहनेहरूले दूतावास तथा वैदेशिक रोजगार कम्पनीहरूसँग सम्पर्कमा रहन सुझाव दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]