०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

समाचार

बैंकमा १७ खर्ब रेमिट्यान्स, बाकसमा १२५५ शव, तीन वर्षमा मलेसियामा मात्रै १ हजार १३ नेपालीको मृत्यु

काठमाडौं । वैदेशिक रोजगारीले कयौँ नेपालीको घरमा खुसी भित्र्याए पनि यसको अर्को पाटो अत्यन्तै भयावह छ । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ हजार २ सय ५५ नेपालीले वैदेशिक रोजगारी क्रममा ज्यान गुमाए । यो वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता प्रदान गरेकाहरूको तथ्यांक मात्रै हो । जसमा श्रम स्वीकृति लिएर गएका र मृत्युपछि शव […]

काठमाडौँ : कात्तिक १७ गते हुने रूपन्देही–३ उपनिर्वाचनका लागि अन्य दलहरूले तयारीलाई तीव्रता दिँदा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र भने मौन छ। अन्य दलहरूले उपनिर्वाचनको नतिजा हात पार्न विभिन्न रणनीतिक तयारी गरिरहँदा माओवादीलाई उपनिर्वाचनले त्यत्ति छोएको छैन। माओवादीमा उम्मेदवार सिफारिस र घोषणा त परको कुरा, पार्टीमा पर्याप्त छलफलसमेत नभएको नेताहरू बताउँछन्। उम्मेदवार छनोट प्रक्रियामै भइरहेको ढिलाइपछि […]

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । चीनले आयोजना गरेको परेडमा चिनियाँ राष्ट्रपति सीसँगै पुटिन र […]

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच बैठक सम्पन्न भएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको बैठकमा पार्टी एकतालगायत विषयमा छलफल भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डेलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

सप्तकोसी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेन्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो […]

क्वालालम्पुर, मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सेनाको हालैका गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै औपचारिक प्रेस विज्ञप्ति जारी गरेको छ। संघको भनाइअनुसार, मिति २०२५ जुलाई २७ तारिक सम्पन्न भएको नवौं महाधिवेशन वैधानिक ढंगले सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भइसकेको अवस्थामा, राजदूत तिम्सेनाले विधानविपरीत आयोजना गरिएको कार्यक्रममा आधिकारिक रूपमा […]

काठमाडौं। राम्रो स्वास्थ्यको लागि, रातमा ८ घण्टा राम्रो निद्रा लिनुपर्छ। यदि रातमा बारम्बार निद्रामा बाधा पुग्छ भने, यसले स्वास्थ्यमा नराम्रो असर पार्छ। धेरै मानिसहरूले रातमा बारम्बार पिसाब फेर्नु पर्छ र यसका कारण उनीहरूको निद्रामा बाधा पुग्छ। रातमा बारम्बार पिसाब फेर्नु एक सामान्य समस्या हो, जसलाई चिकित्सा भाषामा नोक्टुरिया भनिन्छ। बारम्बार निद्रा अवरोधका कारण मानिसहरूलाई थकान, […]

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बोलाइएको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, नेकपा (माओवादी केन्द्र)को एकता प्रस्तावसहित विषयमा छलफल हुने विप्लवको सचिवालयले जनाएको छ । यसअघि, साउन १९ गते माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विप्लवसँग एकता गर्ने निर्णय गरेको थियो […]

काठमाडौं । शिक्षकहरूले आइतबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफूहर”को माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन पनि सो पार्टीको केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र)को केन्द्रिय कार्यालय धर्ना दिएका थिए । धर्नामा पुगेका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रूपन्देही–३ को उपनिर्वाचनका उमेदवारका नौ आकांक्षीलाई कारागार बोलाएर भेटेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा पुर्पक्षका लागि नक्खुु कारागारमा रहेका लामिछानेले आइतबार नौ आकांक्षीलाई कारागारमा डाकेर क्रमबद्ध रूपमा भेटेका हुन् । भेटमार्फत उनले उमेदवारहरूबीच इगो नबढोस् भनेर सम्झाएका छन् । साथै, उनले अहिले […]