०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

भदौ २१ देखिनै आन्दोलनमा जाने शिक्षकहरूको चेतावनी

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र १५, २०८२

काठमाडौं । शिक्षकहरूले आइतबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।

नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफूहर”को माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन पनि सो पार्टीको केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् ।

उनीहरुले यसअघि नेपाली कांग्रेस, नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र)को केन्द्रिय कार्यालय धर्ना दिएका थिए । धर्नामा पुगेका उनीहरूले आफूहरूको माग सम्बोधन नभए भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरेका छन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको मागको राजनीतिक दलहरूले सुनुवाई नगरे दोस्रो चरणको आन्दोलन सुरू हुने भन्दै त्यसका लागि तयार रहन पनि सम्पूर्ण शिक्षक, कर्मचारीलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशभरीका शिक्षक कर्मचारी साथीहरु दोस्रो चरणको आन्दोलनको तयारीमा छौं । हाम्रा माग, मुद्दाहरू सुनुवाई भएन भने, ऐनले बोकेर आएको भने आमी अत्यन्तै कडा २०८१/८२ को भन्दा पनि कडा आन्दोलन गर्छौं । त्यसका लागि तम्तयार रहन म शिक्षक, कर्मचारी साथीहरुलाई हार्दिक आग्रह गर्दछु ।’

महासंघले विद्यालय शिक्षा विधेयकमा आफूहरुको मुख्य माग सम्बोधन नभएको उल्लेख गर्दै त्यसलाई समावेश गर्न राजनीतिक दलहरूलाई दवाव दिन मुख्यालय धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]