०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

रूपन्देही–३ का नौ आकांक्षीलाई रविले कारागार डाकेर भने– अहिले छुटेकालाई ०८४ मा समेट्छु

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र १५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रूपन्देही–३ को उपनिर्वाचनका उमेदवारका नौ आकांक्षीलाई कारागार बोलाएर भेटेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा पुर्पक्षका लागि नक्खुु कारागारमा रहेका लामिछानेले आइतबार नौ आकांक्षीलाई कारागारमा डाकेर क्रमबद्ध रूपमा भेटेका हुन् । भेटमार्फत उनले उमेदवारहरूबीच इगो नबढोस् भनेर सम्झाएका छन् ।

साथै, उनले अहिले एकजनाले अवसर पाए पनि ०८४ मा सबैलाई अवसर दिने आश्वासन दिएका छन् । “नौजना मध्येबाट हामी एकजना चुनावमा जाँदैछौँ । उहाँलाई कतैबाट असहयोग नहोस्, अब त डेढ वर्ष त बाँकी छ तपाईंहरू नौजनालाई सेटल गर्न कहीँ कतै कुनै कसर बाँकी राख्नेछैन,” भेटपछि लामिछानेको भनाइ उद्धृत गर्दै आकांक्षीमध्येका सुलभ खरेलले भने, “अलिकति पनि गुनासो गर्ने ठाउँ मैले दिइन भनेर उहाँ (रवि लामिछाने)ले भन्नुभयो ।”

रास्वपाले आजै सचिवालय बैठकबाट रूपन्देही–३ का लागि उमेदवारको नाममा निर्णय गर्ने छ । त्यसका लागि सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वको छनोट समितिले गरेको निर्णय सचिवालयले अनुमोदन मात्र गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । “सबै निर्णय विभिन्न विधामा पाएको नम्बरका आधारमा सहमहामन्त्री विपीन आचार्यको टिमले गरेअनुसार नै हुनेछ,” महामन्त्री बुर्लाकोटीले बाह्रखरीसँग भने, “सचिवालयले त्यहाँबाट सबै नम्बर जोडेर भएको निर्णयलाई अनुमोदन मात्र गर्ने हो ।”

दिउँसो १ः३० बजेका लागि बोलाएको बैठक छनोट समितिले नै तयारी पूरा नगरेका कारण २ः३० बजेका लागि सारिएको थियो । स्रोतका अनुसार, छनोट समितिलाई उपयुक्त उमेदवार सुलभ खरेल हुने सभापति लामिछानेले दिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]