२० भाद्र २०८३, शनिबार
05-09-2026 , Sat
×

रूपन्देही–३ का नौ आकांक्षीलाई रविले कारागार डाकेर भने– अहिले छुटेकालाई ०८४ मा समेट्छु

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र १५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रूपन्देही–३ को उपनिर्वाचनका उमेदवारका नौ आकांक्षीलाई कारागार बोलाएर भेटेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा पुर्पक्षका लागि नक्खुु कारागारमा रहेका लामिछानेले आइतबार नौ आकांक्षीलाई कारागारमा डाकेर क्रमबद्ध रूपमा भेटेका हुन् । भेटमार्फत उनले उमेदवारहरूबीच इगो नबढोस् भनेर सम्झाएका छन् ।

साथै, उनले अहिले एकजनाले अवसर पाए पनि ०८४ मा सबैलाई अवसर दिने आश्वासन दिएका छन् । “नौजना मध्येबाट हामी एकजना चुनावमा जाँदैछौँ । उहाँलाई कतैबाट असहयोग नहोस्, अब त डेढ वर्ष त बाँकी छ तपाईंहरू नौजनालाई सेटल गर्न कहीँ कतै कुनै कसर बाँकी राख्नेछैन,” भेटपछि लामिछानेको भनाइ उद्धृत गर्दै आकांक्षीमध्येका सुलभ खरेलले भने, “अलिकति पनि गुनासो गर्ने ठाउँ मैले दिइन भनेर उहाँ (रवि लामिछाने)ले भन्नुभयो ।”

रास्वपाले आजै सचिवालय बैठकबाट रूपन्देही–३ का लागि उमेदवारको नाममा निर्णय गर्ने छ । त्यसका लागि सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वको छनोट समितिले गरेको निर्णय सचिवालयले अनुमोदन मात्र गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । “सबै निर्णय विभिन्न विधामा पाएको नम्बरका आधारमा सहमहामन्त्री विपीन आचार्यको टिमले गरेअनुसार नै हुनेछ,” महामन्त्री बुर्लाकोटीले बाह्रखरीसँग भने, “सचिवालयले त्यहाँबाट सबै नम्बर जोडेर भएको निर्णयलाई अनुमोदन मात्र गर्ने हो ।”

दिउँसो १ः३० बजेका लागि बोलाएको बैठक छनोट समितिले नै तयारी पूरा नगरेका कारण २ः३० बजेका लागि सारिएको थियो । स्रोतका अनुसार, छनोट समितिलाई उपयुक्त उमेदवार सुलभ खरेल हुने सभापति लामिछानेले दिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]