०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

राजदूतावासको पक्षपाती भूमिकाप्रति NRNA मलेशियाद्वारा घोर आपत्ति, बिधानको प्रमाणसहित सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र १५, २०८२

क्वालालम्पुर, मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सेनाको हालैका गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै औपचारिक प्रेस विज्ञप्ति जारी गरेको छ।

संघको भनाइअनुसार, मिति २०२५ जुलाई २७ तारिक सम्पन्न भएको नवौं महाधिवेशन वैधानिक ढंगले सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भइसकेको अवस्थामा, राजदूत तिम्सेनाले विधानविपरीत आयोजना गरिएको कार्यक्रममा आधिकारिक रूपमा सहभागिता जनाउनु अत्यन्तै आपत्तिजनक रहेको उल्लेख गरिएको छ।

राजदूतले वैधानिक निर्वाचित कार्यसमितिको अपहेलनासहित, संघको आन्तरिक संरचना र वैधानिकतामाथि सार्वजनिक रूपमा अनर्गल टिप्पणी गरेको भन्दै संघले विरोध जनाएको छ।

संघका अनुसार, परराष्ट्र मन्त्रालयबाट २०७९ साल साउन १० गते जारी परिपत्रले “गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्का महाधिवेशन जुलाई १ देखि ३१ भित्र अनिवार्य रूपमा सम्पन्न हुनुपर्ने” निर्देशन दिएको थियो, जसको पालना गर्दै एनआरएनए मलेसियाले निर्धारित समयमै अधिवेशन सम्पन्न गरेको हो।

तर, यस्तो स्पष्ट निर्देशन हुँदाहुँदै पनि राजदूत तिम्सेनाले विधानविपरीत समूहको कार्यक्रममा सहभागी भई, निर्वाचन प्रक्रियालाई नै उपेक्षा गर्ने कार्य गर्नु दूतावासको मर्यादा, निष्पक्षता र संवैधानिक जिम्मेवारीविपरीत भएको संघको आरोप छ।

“नेपाल सरकारको आधिकारिक प्रतिनिधिबाट यस्ता विभाजनकारी र एकपक्षीय गतिविधि हुनु अत्यन्तै निन्दनीय र दुर्भाग्यपूर्ण छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

एनआरएनए मलेसियाले प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र मन्त्रालय र अन्य सम्बन्धित निकायलाई यस्तो गैरजिम्मेवार गतिविधि दोहोरिन नदिन तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ। साथै, विदेशमा नेपालीहरूलाई एकताबद्ध गर्नुको सट्टा, नेपालका केही राष्ट्रिय दलका नेताहरू समेत यस्ता विभाजनकारी कार्यक्रममा सहभागी भएकोप्रति समेत चिन्ता व्यक्त गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]